- बिराटनगर, माघ १३ गते मंगलवार ।।
- जनप्रभाव न्यूज
प्रहरी चौकी डुम्राहाको नव निर्मित कार्यालय भवन, आवास गृह तथा भान्सा घरको उद्घाटन भएको छ । उक्त कार्यालयको प्राङगणमा आज बिहान भएको एक बिशेष कार्यक्रमका बिच कार्यक्रमका प्रमुख अतिथी १ नम्बर प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक ईश्वर बाबु कार्कीले बिधिवत रुपमा समुद्घटान गर्नु भएको हो ।

प्रहरी चौकी डुम्राहाको २ तले सुबिधा सम्पन्न भवन UNOPS को सहयोगमा २ करोडको लागतमा निर्माण सम्पन्न भएको हो । भवन समुद्घटान समारोहलाई सम्बोधन गर्नुहुँदै डीआईजी कार्कीले भवन आफैमा सबै चिज नभएको प्रस्ट पार्दै नयाँ भवन संग संगै कार्यरत प्रहरी कर्मचारीहरुमा नयाँ सोच र धारणा आउनु पर्ने तथा रुपान्तरण हुनु पर्ने धारणा ब्यक्त गर्नु भयो ।

साथै सोही कार्यक्रमको अवसरमा प्रमुख अतिथि कार्कीले प्रहरी चौकीलाई निःशुल्क जग्गा उपलब्ध गराउनु हुने जग्गा दाता तथा भवन निर्माण कार्यमा उल्लेखनिय भुमिका निर्वाह गर्ने ब्यक्तित्वहरुलाई दोशल्ला ओढाएर तथा सम्मान पत्रले सम्मान गर्नु भएको थियो ।


















