- काठमाडौँ, माघ ११ गते आइतबार ।।
- जनप्रभाव न्यूज
प्रदेश १ का मुख्यमन्त्री शेरधन राई आज ( आइतबार ) विवाह बन्धनमा बाँधिदैछन् । ४९ वर्षीय मुख्यमन्त्री राई २३ वर्षिया मोडल जाङ्मु शेर्पासँग आज काठमाडौँको एक पार्टी प्यालेसमा विवाह गर्न लागेका हुन् ।
एक पार्टी प्यालेसमा उनको वैवाहिक कार्यक्रम शुरू भइसकेको छ । स्रोतका अनुसार शेरधन र जाङ्मुको विवाह सानो समारोहमा हुँदैछ । विवाहमा राई निटकस्थ करिब दुई दर्जन व्यक्तिलाई मात्र जन्ति जाने निम्तो छ ।
आजै हुने रिसेप्सनमा भने राष्ट्रपति, प्रधानमन्त्रीलगायतका भीभीआईपीहरूलाई पनि निमन्त्रण गरिएको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीले रिसेप्सनमा सहभागी हुने बताइएको छ । कोरोनाका कारण रिसेप्सनमा पनि धेरै मान्छे निम्त्याइएको छैन । मुख्यमन्त्री राई र जाङ्मु केही समयदेखि प्रेम सम्वन्धमा थिए । जाङ्मु सन् २०१८ कि ‘मिस मंगोल’ हुन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !