- काठमाडौं,माघ ११ गते आइतबार ।।
- जनप्रभाव न्यूज
कानूनविद्हरुले प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्रीको कदम गैरसंवैधानिक भएको टिप्पणी गरेका छन् ।
राजधानीमा आयोजित एक कार्यक्रममा राष्ट्रियसभा सदस्य एवं अधिवक्ता रामनारायण बिडारीले प्रधानमन्त्री ओलीको संसद विघटन गर्ने कदम संविधानबिपरीत भएको दाबी गर्नुभयो ।
उहाँले प्रधानमन्त्रीको कदम संविधान विरुद्धको काम भएको भन्दै प्रधानमन्त्रीलाई संसद विघटन गर्ने संविधानमा कुनै विषेशाधिकार नभएको दावी गर्नुभएको हो ।
अधिवक्ता बिष्णु भट्टराईले संसद विघटनको विषयमा अहिले संवैधानिक इजलासमा बहस जारी रहेकोले यो विचाराधीन मुद्दामा सार्वजनिक रुपमा टिकाटिप्पणी गर्न नहुने बताउनुभयो ।
उहाँले प्रधानमन्त्रीको दल औपचारिक रुपमा बिभाजित नभएको अवस्थामा विश्वासको मत लिनुपर्ने प्रश्न नै नउठ्ने तर्क गर्नुभयो ।
त्यस्तै, कार्यक्रममा अधिवक्ता सुनिल पोखरेलले अहिलेको संविधानले प्रधानमन्त्रीलाई संसद विघटन गर्ने अधिकार नदिएको बताउनुभयो ।
त्यस्तै अधिवक्ता डा. सुरेन्द्र महतोले संसद विघटन गर्ने प्रधानमन्त्रीको कदम गैरसंवैधानिक भएको टिप्पणी गर्दै संविधानको कुनै धारामा पनि संविधान बिघटनको बिषय उल्लेख नभएको तर्क गर्नुभयो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !