- काठमाडौं,मघ १० गते सनिवार ।।
- जनप्रभाव न्यूज
नेपाल कम्युनिस्ट पार्टी ( नेकपा ) को स्थायी कमिटी सदस्य घनश्याम भुषालले साइबर सेना भनिने साइबर स्याल मात्र प्रधानमन्त्री केपी शर्मा ओलीसँग भएको बताएका छन् ।
शुक्रबार (आज) संसद विघटनविरुद्ध नेकपा दाहाल–नेपाल समूहले गरेको जनप्रदर्शनलाई सम्बोधन गर्दै उनले साइबर स्याल मात्रै ओलीसँग भएको बताएका हुन् । ओली साइबर स्यालहरूको नेता भएको उनले जिकिर गरेका छन् ।
ओलीले सबैभन्दा ठूलो संसद भए पनि त्यसलाई निजी सचिवालय बनाएको बताउन्दै अब ओली निरीह भइसकेको उनले दाबी गरे ।
त्यस्तै, ओलीले सात ठाउँमा दुई तिहाइ मारेको उनको दाबी छ । उनले भने, ‘कसैले चुनावको अपेक्षा गरेको भए पनि ओलीले गर्ने भनेको चुनाव हुनेवाला छैन ।’
फेसबुकबाट तपाईको प्रतिक्रिया !