- सिरहा ,माघ १० गते सनिवार ।।
- जनप्रभाव न्यूज
पूर्वपश्चिम राजमार्गत सिरहा जिल्लाको मिर्चैया नगरपालिका ५ जिवा पुलमा अज्ञात समूहले राखेको कुकर वम सुरक्षा कर्मिले डिसपोज गरेको छ । चोहर्वास्थित नेपाली सेनाको श्री शेर गणबाट खटिएको सपोजल टोलीले कुकर बम डिसपोज हो ।
गस्तीमा रहेको प्रहरी टोलीले शनिवार विहान ७ बजे पुलको उत्तर पश्चिम कुनामा संकास्पद अवस्थामा कुकर देखेका थिए । प्रहरीले देख्नासाथ तत्काल सवै सुरक्षा निकायलाई खवरगरी संयुक्त गस्ती टोलीले वरपरका झाडीहरुसमेत सर्च गरेको इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रमुख प्रहरी नायब उपरीक्षक ( डिएसपी ) राजेन्द्र श्रेष्ठले जानकारी दिए ।पुलमै बम भएकाले करिव ३ घण्टा सडक अवरुद्ध भएको थियो । प्रहरीले मानविय क्षति हुन नदिन बाटोमै बम भएकोले केही वेर सडक अवरुद्ध भएको जनाए ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !