- काठमाडौं ,माघ ९ गते शुक्रबार ।।
- जनप्रभाव न्यूज
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी ( नेकपा ) को ओली समूहले माघ २३ गते काठमाडौंमा जनसभा गर्ने भएको छ । काठमाडौंमा पेशागत विशेष जिल्ला कमिटीको भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले आमसभा गर्ने जानकारी दिए ।
प्रचण्ड-माधव समूहको आजको प्रदर्शनको जवाफ माघ २३ गतेको जनसभाले दिने ओलीले बताए ।
उनले भने, ‘आजको विशाल जनसभा हेरियो, खुट्टी देख्दै चाल पाइयो । आमसभा कस्तो हुन्छ भन्नेकुरा २३ गते हेर्नुस्, हामी देखाउँछौँ ।’
भिडियो सहित :-

















