- काठमाडौं ,माघ ९ गते शुक्रबार ।।
- जनप्रभाव न्यून
काठमाडौंमा आयोजित आमसभालाई सम्बोधन गर्दै नेपाल कम्युनिस्ट पार्टी ( नेकपा ) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचन्डले प्रम ओलिले निर्माण गर्न लागेको साइबर सेनालाई साइबर स्यालको संज्ञा दिएका छन । उनले आमसभामा उपस्थित कर्मचारीको साइबर स्यालहरुले रेकर्ड राख्ने रे भन्दै ब्याङ्य गरे ।
उनि भन्छन – यो प्रदर्शनमा सहभागी हुने पेशाकर्मी, कर्मचारीहरुको रेकर्ड राख्ने रे केपी ओलीका साइबर स्यालहरुले ! साइबर स्यालले रेकर्ड राख्ने रे ! अनि कारबाही गर्ने भनेर धम्की दिएको मैले सुनें । खबरदार कर्मचारीहरु को-को जुलुसमा गए, त्यसको रेकर्ड राख्ने रे ! अरु विभिन्न क्षेत्रमा काम गर्ने पेशा व्यवसायीहरुको पनि रेकर्ड राख्ने रे !
म यो मञ्चबाट केपी र उनको निरंकुश गुटलाई चुनौती दिन चाहन्छु– गरेर देखाऊ । एउटालाई छोएर देखाऊ ।सबै कर्मचारी साथीहरु, हिजो तपाईंहरुले गणतन्त्रको आन्दोलनमा जसरी सडकमा निक्लेर पार्टीहरु र नागरिक समाजलाई साथ दिनुभयो र तपाईंहरु गौरवान्वित हुनुभयो, नडराउनोस । तपाईंहरुलाई छिसिक्क रौं मात्रै हल्लियो भने पनि त्यसको संरक्षण हामी गर्ने छौं । भोलिको सरकार फेरि पनि जनताको सरकार हो । छिटै जनताको सरकार आउनेवाला छ । त्यो सरकारले कारबाही त केपी ओली र त्यसको निरंकुश गुटलाई गर्ने छ, कर्मचारीलाई, वीरहरुलाई होइन ।
लोकतन्त्र, सामाजिक न्याय र समृद्धिको पक्षमा, न्यायको पक्षमा लड्नेलाई कारबाही ? यो चल्ने वाला छैन । कर्मचारी साथीहरु, तपाईंहरु ढुक्क भएर अगाडि बढ्नोस । हामी हिसाब राख्छौं । केपीले राखेको हिसाब मिल्नेवाला छैन । केपीले राखेको हिसाबको केही अर्थ हुनेवाला छैन । जो निरंकुशताका विरुद्ध लडाइँ लड्छ, महान त्यही हुन्छ । लोकतान्त्रिक गणतन्त्रको पक्षमा, संविधानको पक्षमा जो लड्छ, महान त्यही हुन्छ ।नेकपाले शक्ति प्रदर्सन सहित आमसभा गरेको थियो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !