-
काठमाडौं,माघ ८ गते बिहिवार ।।
-
जनप्रभाव न्यूज
नेपाल कम्युनिस्ट पार्टी ( नेकपा ) का अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले संसद बिघटन गरे पछि यति बेला सडक तातेको छ नेपाली राजनिति माहोल परीवर्तन भएको छ , सत्तारुढ दल नेकपा पार्टी देखी प्रतिपक्ष दल काँग्रेस, जनता समाजवादी पार्टी लगाएत पार्टी भित्र एक पछि अर्को गर्दै विवाद निम्ती रहेको छ । नेपाल कम्युनिष्ट पार्टी नेकपा भित्र दुई ओटा समुह देखा परेको छ प्रचण्ड माधव समुह र केपी ओली समुह यि दुई ओटा समुहहरु रहेका छन् । प्रचण्ड माधव समुहले देशब्यापी रुपमा केपी ओली विरुद्ध बृहत जनप्रर्दशन गर्न थालेको छ, भने केपी ओली समुहले पनि प्रचण्ड समुह बिरुद्ध आन्दोलन गरी नै रहेको छ ।
प्रचण्ड माधव समुहले केपी ओली बिरुद्ध माग ९ गते देशको राजधानिमा बिशाल जनशक्ती प्रर्दशन गर्ने निर्णय गरेको छ । यसै बिच नेपाल कम्युनिस्ट पार्टी ( नेकपा ) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकार विरुद्धको आन्दोललाई आवेगसहित आक्रामक बनाउन एक कार्यक्रम मार्फत युवा विद्यार्थीहरुलाई निर्देशन दिएका छन् । यो निर्देशन दिएसँगै यतिबेला देश भरी नै तहल्का मच्चिएको छ, साथ-साथै हलचल मच्चिएको छ ।
अध्यक्ष प्रचण्डले अहिलेसम्मको आन्दोलनले सरकारलाई कुनै असर नगरेपछि सडकमा टाउको फुटाउने गरी आन्दोलन हुने र त्यसकोे नेतृत्व आफैले गर्ने अभिव्यक्ति दिएपछि सुरक्षा चुनौती झन् थपिएको छ । यसै सन्दर्भमा सुरक्षा चुनौती, व्यवस्थापनमा प्रहरीको तयारीबारे नेपाल प्रहरीका प्रवक्ता प्रहरी बरिष्ठ उपरीक्षक ( एसएसपी ) बसन्त राज कुवँरसँग गरिएको संक्षिप्त कुराकानी हामीले प्रस्तुत गरेका छौ ।
-
प्रधानमन्त्री ओलीले संसद बिघटन गरे पछि यतिबेला देशभरी नै बृहत आन्दोलन चर्कि रहेको छ, खासगरी यो बेलामा सुरक्षा निकायलाई कस्तो प्रकारको चुनौती रहेको छ ?
खास गरी पक्कै पनि यो समयमा सुरक्षा निकायमा एक प्रकारको समस्या चुनौती थपिएकै हो, साथसाथै सुरक्षा निकायमा जिम्मेवारी पनि झन बढी नै थापीएको छ । किन कि देश भरी नै फरक फरक धारबाट आन्दोलनहरु भई रहेका छन् , कतिपय आन्दोलन अराजक शैलिमा पनि भएका छन् । तर पनि हामिहरुले ति र तेस्ता प्रकारका आन्दोलनहरुलाई हामिले शान्तिपुर्ण तरिकाबाट ब्यवस्थापन गरेका छौ । बिभिन्न प्रकारका चुनौति समस्याहरुलाई समाधान गर्दै अगाडी बढेका छौ किनकी हाम्रो जिम्मेवारी भनेको नै यो देशका नागरीकहरुलाई सुरक्षा दिनु हो ।
-
अहिलकोे समयमा नागरीकहरुलाई सुरक्षा दिन नेपाल प्रहरी चुकी रहेको छ भन्ने छ नि, यस बारेमा के भन्नुहुन्छ नि?
ढुक्कका साथ भन्न सक्छु कि अहिले नागरीकहरुले राम्रो सुरक्षा पाएका छन् । नेपाली नागरीकहरुले सुरक्षाको अनुभुती गर्न पाएका छन् । कोही पनि नागरीक सुरक्षाबाट बञ्चित हुनु परेको अवस्था छैन तसअर्थ नागरीकहरुलाई सुरक्षा दिन नेपाल प्रहरी कमजोर भएको भन्दा पनि बढी नै सुरक्षा दिन सफल भएको छ ।
-
माग ९ गते राजधानीमा हुने बृहत बिरोध प्रर्दशनलाई नियन्त्रण गर्न सुरक्षा निकायले कस्तो प्रकारको योजना बनाएको छ ?
हरेक आन्दोलनलाई नागरीकलाई सुरक्षा दिनु हाम्रो कर्तब्य नै हो हामी सरल सहज तरिका बाट नै सुरक्षा दिने गर्दछौ । आन्दोलनमा भिडभाड नियन्त्रण गर्न, सुरक्षा दिन नेपाल प्रहरी सक्षम छ , यसमा कुनै शंका गर्नु पर्ने कुरा नै छैन । तपाईले भन्नु भयो माग ९ गतेको आन्दोलनलाई कसरी नियन्त्रण गर्नु हुन्छ भन्ने प्रश्न यो ९ गतेको आन्दोलनलाई पनि हामि शान्तिपुर्ण तरिकाबाटै नै नियन्त्रण गर्छौ , र कतिपय अवस्थामा आन्दोलनमा हरेक प्रकारका समस्या प्रत्यासित/ अप्रत्यासित तरिकाबाट आउछन् र ति समस्याहरुलाई हामी कानुनी रुपबाट नै हल गर्दछौ ।
-
अहिले सम्म भएका आन्दोलनहरु भन्दा ९ गतेको आन्दोलन अलि फरक र अराजक तरिकाबाट गर्ने कुरा प्रचण्डले बताउदै आउनु भएको छ नि ? यसमा के भन्नुहुन्छ नि ?
को-कसले के कुरा भन्दै हुनुहुन्छ र के बोल्दै हुनुहुन्छ भन्ने कुरालाई हामी टिप्पणी गर्न चाहदैनौ किनकी हाम्रो काम भनेको नागरीकलाई सुरक्षा दिनु हो । आन्दोलन अराजक कानुन बिपरीत गरीएमा वा गर्न खोजेमा हामीले नियन्त्रण गर्नुपर्छ त्यो परिस्थीतीमा हामीले प्रहरी फोर्स बलको समेत प्रयोग गर्नुपर्छ । किनकी कानुन नियम बिपरी काम गर्न, आन्दोलन गर्न भीआईपी नै किन नहोस् अथवा जो कोहीकसैलाई पनि छुट छैन ।
-
काठमाडौमा ९ गते निषेधित क्षेत्रमा आन्दोलन गर्ने तयारी छ भन्ने कुरा बाहीर आएको छ नि , यदी यसो भयो भने तपाईहरु के गर्नु हुन्छ नि ?
निषेधित क्षेत्रमा आन्दोलन, प्रर्दशन, भेला आमसभा यि यस्ता खालका कार्यक्रमहरु गर्न हामी दिईने छैनौ । कानुनी तरीकाबाट सरकारले तोकेको ठाउँहरुमा शान्तिपुर्ण आन्दोलन गर्न दिने छौ
फेसबुकबाट तपाईको प्रतिक्रिया !