- बारा, माघ ८ गते बिहीबार ।।
- जनप्रभाव न्यूज
सामाजिक संजाल मार्फत ठगी गर्ने गिरोहमा संलग्न मध्येका प्रसौनी गाउँपालिका-४ बंजरिया टोल बस्ने २७ वर्षीय भोला महतोलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।
महतोले महागढीमाई नगरपालिका-३ बस्ने दिपेन्द्र प्रसाद जयसवाललाई २५ लाख रुपैयाँ बराबरको चिठ्ठा परेको छ र उक्त रकम प्राप्त गर्न अग्रिम १ लाख ७५ हजार रुपैयाँ जम्मा गर्नुपर्छ भनी बिभिन्न प्रलोभन दिई उक्त रकम ठगी गरी फरार रहेको खुल्न आएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !