- माेरङ, माघ ८ गते बिहीबार ।।
- जनप्रभाव न्यूज
जिल्ला प्रहरी कार्यालय मोरङले आज बिलविनाको एक हजार एक सय लिटर डिजेल बरामद गरेको छ । विगत केही दिनदेखि नेपालबाट डिजेल भारततर्फ तस्करी भइरहेको पाइएकाले प्रहरी यसतर्फ निगरानी बढाउन थालेको थियो ।
विराटनगर महानगरपालिका वडा नं ११ स्थित केशलिया सडक खण्डमा भारततर्फ लैजाँदै गरेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो । प्रहरीले डिजेल बोकेको सिटी रिक्सा एक थान, मोटरसाइकल चार थानसहित नरेश सहनी र सुनसरी साहेबगञ्जका सुरज साहलाई पक्राउ गरेको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !