- काठमाडौं,माघ ७ गते बुधबार ।।
- जनप्रभाव न्यूज
भोलि देखि तातोपानी नाका २० दिनका लागि बन्द हुने भएको छ । सीमामा रहेको मितेरी पुल पुर्ननिर्माण गर्न भोलि (२१ जनावरी) देखि नाका बन्द गरिने जानकारी चिनियाँ पक्षले गराएको तातोपानी भन्सार कार्यालयले जनाएको छ ।
बाढीले क्षति पुर्याएको पुल पुनर्निर्माणका लागि २१ जनावरी बढीमा २० दिन नाका बन्द रहन सक्ने जानकारी चिनियाँ पक्षबाट आएको तातोपानी भन्सार प्रमुख लाबहादुर खत्रीले जानकारी दिए । पहिलेकै बाढीले क्षति पुर्याएको पुलको एक भागामा केही दिन अघिको बाढी थप क्षति गरेपछि चिनियाँ पक्षले मर्मत गर्न लागेको उनको भनाइ छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !