- काठमाडौं,माघ ७ गते बुधबार ।।
- जनप्रभाव न्यूज
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले दुई वर्षअघि अनुसन्धान गरेको एक मुद्दामा ठूलो चलखेल भएको पाइएको छ । कम्पनी रजिष्ट्रारको कार्यालयका कर्मचारी जोगाउन एक मुख्य व्यक्तिलाई मुद्दा नै नचलाइएको छानबिनबाट खुलेको हो । भारतीय व्यापारी रामनिरञ्जन जटियाको कम्पनीको शेयर खरिदबिक्रिमामा कीर्ते कागजपत्र प्रयोग गरिएको थियो । उनकै कर्मचारी जीतबहादुर मगरको नाममा कम्पनीको शेयर बिक्रि गरिएको थियो ।
त्यसको पछाडी निरज मानन्धर र राजन लम्साल थिए । उनीहरुले नै जीतबहादुरलाई प्रयोग गरी उनको सम्पत्ति हत्याउने प्रयास गरेका थिए । यो गिरोहका अर्का प्रमुख पात्र प्रकाश विक्रम मिश्र थिए । तर, उनलाई सिआइबीले रहस्यमय रुपमा उन्मुक्ति दिएको पाइएको छ । भारतीय नागरिक जटियाको वारेसनाकाका रुपमा उनले नै कम्पनी रजिष्ट्रार कार्यालयमा निवेदन दिएका थिए । तर उनको प्रष्ट ठेगाना नखुलेको भन्दै मुद्दा चलाइएन । जबकी कम्पनी रजिष्ट्रारमा बुझाइएको निवेदनमा उनको नागरिकताको प्रतिलिपी समेत छ । राजन लम्साल र मानन्धरले कम्पनी रजिष्ट्रारका कार्यालयका कर्मचारीलाई चिन्दैनन् । उनै मिश्रले कर्मचारीमा सेटिङ मिलाएका थिए ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !