- कंचनपुर ,माघ ६ गते मंगलवार ।।
- जनप्रभाव न्यूज
कंचनपुरमा १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या गरिएको आज अढाई वर्ष पूरा भएको छ। तर, अझै यो हत्या सुल्झिएको छैन। अनुसन्धान जारी नै रहेको बताउनेबाहेक प्रहरीले कुनै उपलब्धि हात पार्न सकेको छैन।
प्रहरीकै साख धुमिल पारेको यो घटना अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय कंचनपुरका नयाँ प्रमुख प्रहरी उपरीक्षक ( एसपी ) उमाप्रसाद चतुर्वेदीले चासो देखाएका छन्।
एसपी चतुर्वेदीले निर्मला हत्याकाण्डको दोषीलाई कटघरामा उभ्याउने आफनो पहिलो प्राथमिकता रहेको बताएका छन् ।
ऋाफुले कति समय लाग्छ भनेर नभने पनि आफनै कार्यकालमा निर्मला हत्याकाण्ड सल्टाउँने जिकिर गरे । चर्तुरबेदीले सबै प्रमाण जुटाएर मात्रै अभियुक्तलाई आदालत पेश गर्ने बताएका छन । उनले जिल्लाको शान्ति सुरक्षा एव अमन चयन र गैर कानुनी गतिबिधी नियन्त्रणका लागि प्रतिबद्ध रहेको बताए ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !