- लहान,माघ ६ गते मंगलवार ।।
- जनप्रभाव न्यूज
मधेश आन्दोलनको मूलस्थल लहानप्रति मधेशवादी दल मोहमाया त्याग गरेको ठहर भएको छ । लहान आन्दोलनले देशले सँघीयता पाएपछि विभेद अन्त्यको अभ्यास र विकासको रफ्तार पाएको छ ।
०६३ ताकाको प्रथम मधेश आन्दोलनले मधेशवादी नेताले यथेष्ट उपलब्धी पाएपछि लहानमा प्रत्येक बर्ष सहिद स्मरणीय मेलाको रुपमा कार्यक्रम गर्दै आएका थिए । तर, यस बर्ष प्रदेश २ सरकारले आफुले पाएको उपलब्धीमय मधेश आन्दोलनको मूलस्थललाई लत्याउँदै अन्तै कार्यक्रमको आयोजना गरेको छ ।
प्रदेश २ सरकारको गैरनेतृत्वपन यस्तो पनि रहियो । जो मधेश आन्दोलनको मूलस्थल लहानमा रहेको कतिपय कार्यालय सारेर लगिएको छ । मुलत लहानप्रति प्रदेश २ सरकार बैमनस्ता गरिरहेको ठहर छ ।
हुन पनि हो — मधेश आन्दोलन मधेशवादी नेता उपेन्द्रलाई माघ ११ गते सम्बन्ध जोडिएको हो । जहाँ राजेन्द्र महतोले जिम्मेवारी लिन नचाहेर मधेशभरी आन्दोलन मधेश मिडिया मिशन नेपालको सहकार्यमा चलेको थियो ।
त्यतिबेला मधेश मिडिया मिशन नेपालले वीरगन्ज, विराटनगर, झापा, रौतहट, जनकपुरलगायतमा शाखा गठन गरेको थियो । मधेश मिडिया मिशनको ब्यानर नै लिएर माघ ५ देखि आन्दोलनको गति दिएको थियो ।
मिशनका केन्द्रीय अध्यक्षले उपेन्द्र यादवलाई माघ ११ गते कान्तिपुर टेलिभिजनमा सम्पर्क गराएर अन्तरवार्ता दिन लगाएर मधेश आन्दोलनको सम्बन्ध पाएको हो । उपहारमा पाएको आन्दोलनले उपेन्द्र यादवलगायत मधेशी नेताहरु आज मधेश आन्दोलनको मूलस्थल लहानसँग सम्बन्ध छोड्नु कुनै जबरजस्ती होइन् ।
मधेश आन्दोलन अगाडि उपेन्द्र यादव मुनी साहलाई भेट्न तीन पटक आएका थिए । हाल मुनी साह लहानका मेयर हुन् । उनले मधेश मिडिया मिशनका अध्यक्षलाई कार्यक्रम तथा पत्रकार सम्मेलन गर्न भन्दिने गर्थे ।
त्यस बेला उपेन्द्र यादवको पत्रकार सम्मेलनमा तीन जना पत्रकार हुन्थ्यो । मेयर मुनी साहले रिक्शा र बस भाडा दिएर उपेन्द्रलाई पठाउँथियो । यही सम्बन्धले माघ ११ गते उपेन्द्रलाई मधेश आन्दोलनको नातेदार बनाएको हो ।
मधेश आन्दोलनको क्रममा रमेश महतो, विजय सहनी, प्रमोद सदाय, अनिस अन्सारी र वेचन यादवले सहादत दिएका थिए । त्यसकै सम्झानामा प्रत्येक माघ ५ गते बलिदानी दिवस मनाउँदै आएका छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !