- काठमाडौं,माघ ६ गते मंगलवार ।।
- जनप्रभाव न्यूज
प्रहरीमा लामो समयदेखि रोकिएको बढुवाको ढोका खुलेको छ । एसएसपीदेखि एआईजीसम्म बढुवा प्रक्रिया अघि बढीसकेको छ भने, तल्लो तहमा बढुवाको दौडधुप चलिरहेको छ । नेपाल प्रहरीमा एसएसपीपछि एसपी बढुवाको तयारी सुरु भएको हो । यही साता एसपीमा बढुवाको सिफारिस हुने सम्भावना भएको गृह मन्त्रालय स्रोतले बताएको छ ।
एसपीका हाल १५ दरबन्दी रिक्त छन् । जसमा एउटै ब्याचमा ३४ जना डिएसपी प्रतिस्पर्धामा छन् । डिएसपीमा अगाडि बढुवा भएका भुवनेश्वर तिवारी, ऋषिराम कँडेल, राजकुमार सिलवाल, अमरेन्द्र बहादुर सिंह, श्यामसिंह चौधरी, नकुल पोखरेल, पदम विष्ट, महेन्द्र श्रेष्ठ, राजेन्द्रबाबु रेग्मी, वासुदेव खतिवडा छन् ।
त्यस्तै पछि बढुवा भएका योगेन्द्रसिंह थापा, दिलीप घिमिरे, वीरेन्द्र शाही, सुवासचन्द्र बोहरा, जनकबहादुर शाही, रामहरि पाण्डे, प्रजित केसी, रामेश्वर कार्की, लक्ष्मीराज अधिकारी, जनकबहादुर शाही, अर्जुन रानाभाट, अर्जुन तिमल्सिना, चक्रराज जोशी, सुमन तिमल्सिना, देवेन्द्र पाल, भीमकिरण बोगटी, सीताराम रिजाल, रमेश पण्डित, सरोज पौडेल, विष्णुहरि कोइराला, नरहरि रेग्मी, नेत्रमणि गिरी, विनोद शर्मा र हेरम्ब शर्मा पनि बढुवाको प्रतिस्पर्धामा छन् ।
बढुवामा भुवनेश्वर तिवारी पहिलो नम्बरमा तथा ऋषिराम कँडेल दोस्रो नम्बरमा छन् । उनीहरु आफ्नो ब्याचमै पहिलो र दोस्रो नम्बरमा डिएसपी भएका थिए । तर, दुई पटक ब्याचका अन्य बढुवा हुँदा पनि उनीहरु छुटेका थिए । यसपटक उनीहरु बढुवा हुने पक्का जस्तै छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !