- काठमाडौं,माघ ५ गते सोमबार ।।
- जनप्रभाव न्यूज
आज – भोलि राजनीतिक प्रहसन निशुल्क हेर्न पाइएको छ । मुलुकको समस्यामा कस्लाई चिन्ता ? प्रधानमन्त्री ओलीकै शव्द सापटी लिने हो भने समस्यामा रहेका नेपालीलाई हसाउँन पनि नपाउने मुलुकमा राजनीतिक परिवर्तनपछि मुहार फेरिएला भन्ने आशा त धेरै परको कुरा हो । अहिले त जनता र जनताका समस्या त मजाक बनेका छन् ।
विभाजित नेकपाका नेताहरु एक–अर्कालाई तिखो प्रहार गर्न तछाँडमछाड छन् । प्रतिनिधि सभा विघटनपछि नेकपाका नेताहरुको दैनिकी नै यस्तै बनेको छ ।
भनिन्छ राजनीतीमा न कोइ स्थायी मित्र हुन्छ न स्थायी शत्रु नै, नेपाली राजनीतिमा त झन यो भनाइ पटक–पटक चरितार्थ हुँदै आएको छ ।
केहि समय अगाडिसम्म देशलाई समृद्ध बनाउँछौ भनेर एकैसाथ लोली र बोली मिलाएर हिँडेका पुष्पकमल दहाल प्रचण्ड र केपी शर्मा ओली यो भनाइको ज्वलन्त उदाहरण बनेका छन । र उनीहरुलाई साथ दिएका छन दुवै पक्षमा लागेका नेताहरुले ।
दुवै पक्ष विभाजन भएसंगै आरोप प्रत्यारोपको होडबाजी चलेको छ । ओलीले प्रचण्डलाई चटकेको संज्ञा दिएका छन भने प्रचण्डले ओलीलाइ नांगो देखिरहेका छन । अहिले दुवै पक्षले दैनिक विभिन्न भेला तथा कार्यक्रम आयोजना गर्दै आरोप प्रत्यारोपको दोहोरी खेलीरहेका छन ।
अहिले दुवै पक्षले आफनो पक्षको नेता तथा कार्यकर्तालाई शसक्तरुपले अगाडि बढ्न निर्देशन दिइरहेका छन । ओलीले चुनावको तयारीमा लाग्न निर्देशन दिदै आएका छन् भने प्रचण्डले आन्दोलनलाई सशक्त बनाउन । आइतवार आफनो पक्षका विद्यार्थीहरुको भेलालाइ सम्बोधन गर्दै ५९ जना सुरक्षाकर्मीको घेरामा बसेका प्रचण्डले भावनामा बगेर प्रहरीकै लाठी खान टाउको चिलाएको सम्म भन्न भ्याए ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !