- काठमाडौं ,माघ ४ गते आइतबार ।।
- जनप्रभाव न्यूज
भारतको हिन्दुस्तान टाइम्स पत्रिकाले भारतीय रक्षामन्त्री राजनाथ सिंह र नेपालका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीबीच भएको भेटवार्ताको तस्वीर सार्वजनिक गरेको छ ।
शाहले ब्याङ्गात्मक तरिकाले स्टाटसमा लेखेका छन् – प्रदीप ज्ञवाली काम चलाउ परराष्ट्र मन्त्री नेपाल सरकार, भारतका रक्षामन्त्री राजनाथ सिंह अगाडि ढोग्दै । भारतको हिन्दुस्तान पत्रिकाको आजको समाचार ।
प्रधानमन्त्री केपी ओलीको दूत बनेर भारत भ्रमणमा गएका परराष्ट्रमन्त्री ज्ञवालीको भ्रमण र भेटवार्ताहरूलाई भन्दा पनि तस्वीरमा देखिए जस्तो भारतीय मन्त्रीलाई ढोगेको शैलीको आलोचना भएको छ ।
कथित राष्ट्रवादको नाममा झण्डै दुईतिहाइ बहुमत पाएर सरकार बनाएको नेकपाको कामचलाउ सरकारका मन्त्रीले भारतीय रक्षामन्त्री सिंहलाई जसरी ढोगेका छन् त्यो शैलीको ढोगाइ कुटनैतिक किसिमको भएन भनेर सामाजिक सञ्जालमा टिकाटिप्पणी भएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !