-
काठमाडौं,माघ ४ गते आइतबार ।।
-
जनप्रभाव न्यूज
नेपाल मेडिकल काउन्सिलको चिकित्सक दर्ता प्माण्पत्र परीक्षा (लाइसेन्सको परीक्षा फगुन ९ र १० गते हुने भएको छ ।
नेपाल मेडिकल काउन्सिलले आइतबार एक सूचना जारी गर्दै माघ ५ गते सोमबारबाट अनलाइन फाराम खुला गरेको जानकारी दिएको छ ।
काउन्सिलले माघ ५ गतेदेखि २४ गतेसम्म नियमित र २५ र २६ गते थप शुल्कसहित फाराम बुझाउन सकिने जनाएको छ । फाराम काउन्सिलको वेबसाइट www.examnmc.org.np मा गएर भर्न सकिनेछ ।
अनलाइन फाराम भर्ने र बुझाउने व्यवसथ २४ घण्टा नै खुल्ला गरिएको काउन्सिलले जनाएको छ । परीक्षा काठमाडौंमा नै सञ्चालन गरिनेछ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !