- काठमाडौं,माघ ४ गते आइतबार ।।
- जनप्रभाव न्यूज
सशस्त्र प्रहरीका अतिरीक्त महानिरीक्षक नारायणबाबु थापा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीलाई धन्यबाद दिँदै बिदा भएका छन् ।
थापालाई सशस्त्र महानिरीक्षक शैलेन्द्र खनाल र नेपाल प्रहरीका महानिरीक्षक शैलेश थापा क्षेत्रीले बिदाई गरेका हुन् । उनी ३० वर्षीय सेवाहदका कारण बिहीबारदेखि अनिबार्य अवकाश हुँदै थिए । बिहीबार बिदा भएकाले उनलाई बुधबार नै बिदाई गरिएको हो ।
अवकाश पाँउदै गरेका एआइजी थापाले सामाजिक सञ्जालमा फौजी कहिलेपनि अवकाश नहुने उल्लेख गरेका छन्। उनले राष्ट्रले आवश्यक ठानेका अझै कुनैपनि क्षेत्रमा सक्रिय रहन सक्छु भन्ने संकेत गरेका हुन् ।
उनले लेखेका छन्, ‘लामो सेवाकाल पश्चात अब सेवानिबृत हुन गइरहेको छु । यस अवधिमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र शाहीपाश्र्ववर्तीको रुपमा राजदरवारमा रहँदा तथा आर्मी कमाण्ड तथा स्टाफ कोर्सको दौरानमा नेपाली सेनासँगै कार्य गर्ने अवसर प्राप्त भयो ।
मलाई प्रशिक्षण दिनुहुने तीनवटै संगठनका आदरर्णिय गुुुुरुबर्ग प्रति नमन गर्न चहान्छु । निरन्तर अभिप्रेरित गर्ने अवकासप्राप्त सवै पूर्वजप्रति आदरभाव प्रकट गर्दछु । विभिन्न नियुक्तिहरूमा रहँदा सँगै–सँगै काम गर्ने सवै अधिकृत, पदीक एवम विल्लादार जवानलाई धन्यवाद दिन चाहन्छु ।
मेरो विदाई समारोह आयोजना गरि सम्मानस्वरुप हार्दिक विदाइ गर्नुहुने प्रहरी महानिरीक्षक शैलेस थापाज्यु, सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालज्यु, दुवै संगठनका सहकर्मी अतिरिक्त महानिरीक्षकज्युहरु प्रति हार्दिक आाभार प्रकट गर्दछु ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !