- नयाँदिल्ली, माघ ३ गते सनिवार ।।
- जनप्रभाव न्यूज
परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र भारतीय रक्षामन्त्री राजनाथ सिंहसँग भेटवार्ता भएकाे छ । भारत भ्रमणमा रहनुभएका परराष्ट्रमन्त्री ज्ञवालीले शनिबार बिहान भारतीय रक्षामन्त्री सिंहसँग भेट गर्नुभएकाे हाे ।
नयाँदिल्लीस्थित रक्षामन्त्री सिंहको निवासमै भएकाे भेटवार्तामा भारत-नेपाल सम्बन्धबारे छलफल भएकाे बताइएकाे छ । रक्षामन्त्री सिंहले एक ट्विट जारी गर्दै लेख्नुभएकाे छ, ‘नेपालसँग भारतको सम्बन्ध दुई देशका नागरिकस्तरबाटै अघि बढेको छ, याे सरकारमा मात्रै सीमित छैन । भारत-नेपाल सम्बन्धले असीमित सम्भावना दिनेछ ।’ उहाँले परराष्ट्रमन्त्री ज्ञवालीसँगकाे भेट उल्लेखनीय रहेकाे बताउनुभएकाे छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !