- राजेन्द्र महतो
- सिराहा , माघ १ गते बिहिवार ।।
सिराहाको गोलबजार नगरपालिका मा २दिन देखि जंगली हात्तीले आतंक मचाएको छ ।गोलबजार नगरपालिका -१ मुक्सार मा जंगली हात्तीलेस्थानीय ७वटा घरहरू भत्काएपछि त्यहाका वासिन्दा आतंकित भएका हुन्।
जंगली हात्तिले मंगबार राति स्थानीय समसती आले, आन्तलाल आले, शाङ्ले विश्वकर्मा, लालबहादुर साह, महेन्द्र ठाकुर, भुवन मगर सहित ७ जनाको घर भत्काएको वडा अध्यक्ष देववहादुर मगरले बताए ।
स्थानीय पीडित परिवारहरुको घरमा रहेको खाद्यान्नयका सरस्मान नस्ट गरेको स्थानीय ले बताए । पछिल्लो दुई दिनले हात्ति गाउँ पसेपछि स्थानीय जागराम वस्न थालेका छन्। दिनभरी नजिकैको जंगलमा वस्ने र राति गाउँ पस्ने गरेको स्थानीयले बताए ।
सिराहाको गोलबजार नगरपालिका र नजिकको गाउँहरुमा जंगली हाथीको आक्रमण बढेको छ। गोलबजार नगरपालिका को बासिन्दा जंगली हात्तीको आक्रमण बाट पीडित छन कसैको बालीनाली नै नस्ट गरेको छ त कसैको घर भत्काएको छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !