-
बिरगंज , पुस २९ गते बुधबार ।।
-
जनप्रभाव न्यूज
प्रहरीको एउटा सरूवा नीति छ जुन निरीहहरूलाई मात्र लाग्छ । हुने खानेलाई लाग्दैन । यसको ज्वलन्त उदाहरण पर्सा जिल्लाको बिरगंजका केही पावरफुल घुमुवाहरूकाे कुराले पुष्टि गर्छ ।

तस्बिरमा देखिएका मध्ये खैरो ज्याकेट लगाएका अनि अगाडि ग्लास भएका घुमुवा सिपाही हुन लालबाबु साह । उनी पर्सा प्रहरीको क्राइम टाेलीमा बसेकाे तीन बर्ष भयो । जबकि प्रदेश प्रहरी कार्यालयले तीन बर्ष पुगेकाकाे सरूवा गर्याे तर उनी परेनन् । उनको प्रदेश प्रहरीमा राम्रो सेटिङ छ भन्ने कुरा यसले पुष्टि गर्दछ। क्राइमा रहदा तस्करहरूसंग रकम उठाएको , भेटेको उजुरीहरू एसपी गंगा पन्तकोमा पुगेपछि उनले क्राईमबाट हटाएर प्रहरी चाैकी सेरवा पठाइन।

त्यसैगरी तस्बिरमा उभिएर वियर हाल्दै गरेका घुमुवा हुन सिपाही नवीन पाल । उनको दरवन्दी महानगरीय प्रहरी पहरा गण हो । तर उनी विगत दुई बर्ष भन्दा अघि देखि बिरगंज प्रहरीको क्राइममा छन् ।जबकि काजकाे नीति अनुसार छ महिना भन्दा बढी बस्न पाइदैन । उनलाई यो नियम लागू हुदैन ।


















