-
काठमाडौं,पुस २९ गते बुधबार ।।
-
जनप्रभाव न्यूज
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री एवं नेकपा ओली समूहका अध्यक्ष केपी ओलीले माओवादी जनयुद्धलाई ‘कुहिएको फर्सी’ को संज्ञा दिएकामा आपत्ति जनाएका छन् ।मंगलबार पोखरामा आयोजित गण्डकी प्रदेशका कार्यकर्ता भेलालाई सम्बोधन गर्दै प्रचण्डले आफूसँग्र जनयुद्ध लडेर आएका तर, पछिल्लो समय ओलीको पक्षमा लागेका नेताहरुले ओलीको अभिव्यीक्तबारे सोच्नुपर्ने बताए ।
प्रचण्डले एमाले र माओवादी एकता गर्दा र त्यसपछिका दस्तावेजमा ओलीले हस्ताक्षर गरेको र ती सबैमा जनयुद्ध स्वीकार गरिएको स्मरण गरे ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !