Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

सशस्त्र प्रहरी अस्पताल कोरोना महामारीमा अब्बल

  • काठमाडौं,पुस २८ गते मंगलवार ।।

  • जनप्रभाव – सम्बादाता

कोरोना महामारीमा देशभर भएको मृत्यु संख्या दुई हजार हाराहारीमा पुगिरहँदा काठमाडौंको बलम्बुस्थित सशस्त्र प्रहरी बलको कोभिड–१९ विशेष अस्पतालमा मृत्यु हुनेको संख्या नगन्य छ ।

इन्टेसिभ केयर युनिट (आईसीयू) मा राख्नुपर्ने र लक्षणयुक्त संक्रमित मात्र भर्ना हुने यो अस्पतालले ५९ जनालाई बचाउन सकेन । हालसम्म निको भएर फर्कनेको संख्या भने दुई हजार २६६ छ ।

अस्पतालका फिजिसियन डा. रोशन झा अर्ली इन्टरभेन्ट (स्थिति बिग्रिर्नु अगावैको उपचार) र रेगुलर मोनिटरिङ (नियमित निगरानी) विधि अपनाइएको कारण अन्य कोभिड अस्पतालको तुलनामा बलम्बुमा कोरोना संक्रमितको मृत्यु दर न्यून भएको बताउँछन् ।

उनका अनुसार कोभिड विशेष अस्पताल बनाइएदेखि नै क्लोज सर्किट (सीसी) क्यामरामार्फत विरामीको चौबिसै घन्टा निगरानी र विरामीलाई असामान्य महसुस हुनेवित्तिकै सिधै डाक्टरलाई फोन गर्न सक्ने व्यवस्था गरिएको थियो । डिएसपी समेत रहेका डा. झा भन्छन्, ‘फौजी अनुशासनका कारण पनि उपचारमा कुनै चुक हुन पाएन ।’

नेपाली सेनाको छाउनीस्थित अस्पतालमा अधिकांश चिकित्सक नै संक्रमित भएर सेवामा समस्यामा पर्‍यो । बलम्बुका स्वास्थ्यकर्मी भने नगन्य मात्रै संक्रमित भए, त्यो पनि पछिल्ला दिनमा ।

अस्पतालका निर्देशक रहेका प्रहरी वरिष्ठ उपरीक्षक एसएसपी डा. रुपक महर्जनका अनुसार स्वास्थ्यकर्मी सुरक्षित हुनुका पछाडि मुलतः तीन कारण छन् ।

पहिलो, सरकारले घोषणा गरेको पहिलो कोभिड–१९ विशेष अस्पताल भएकाले पर्सनल प्रोटेक्टिभ इक्युपमेन्ट (पीपीई), मास्क लगायतका सुरक्षा सामग्रीको कुनै अभाव भएन ।

दोस्रो, उपचारको आन्तरिक सुरक्षा प्रोटोकलको पूर्ण पालना । महर्जनका अनुसार अन्य देशका उपचार पद्धति, प्रयोग भएको औषधि लगायतको जानकारी लिएर प्रोटोकल बनाइएको थियो ।

कोभिडका विरामी राखेको भवनमा गएका स्वास्थ्यकर्मीको एउटा समूह दुई हप्ता त्यहीँ बस्ने प्रावधान लागु गरिएको थियो । त्यहाँबाट निस्केर क्वारेन्टिनमा बसेर, परीक्षण रिपोर्ट नेगेटिभ आएपछि मात्र अर्को दुई हप्ताको पालो आउने व्यवस्था थियो ।

‘तेस्रो कारण चाहिँ सशस्त्र प्रहरीको अस्पतालमा भएको पर्याप्त खाली ठाउँ पनि रहेको हाम्रो अनुभव छ’, डा. महर्जन भन्छन्, ‘मनग्गे ठाउँ हुँदा बिरामी र स्वास्थ्यकर्मी हिँड्ने बाटो मात्र नभई प्रयोग भएका सरसामान डिस्पोज गर्ने ठाउँ पनि फरक बनाउन सकियो ।’

दुई हप्तामा तयार भएको अस्पताल

गत वर्ष पुसमा चीनको वुहानबाट कोरोना भाइरस फैलन थालेलगत्तै त्यहाँ रहेका नेपालीको उद्दारको पूर्वतयारीमा सशस्त्र प्रहरी पनि खटिएको थियो । नेपाली सेनाको नेतृत्वमा भएको १७२ जना विद्यार्थीलाई ल्याउने ‘अपरेशन कोभिड–१९ नेपाल’मा सशस्त्र अस्पताल पनि सहभागी थियो ।

‘नेपालमा पनि चीनको जस्तै अवस्था आउन सक्छ भन्ने विश्लेषण त्यही वेला गरेर पूर्वतयारी थालिसकेका थियौं’, डा. झा भन्छन्, ‘तयारीको बिजारोपण भने हामीकहाँ पनि कोभिड–१९ को केश आए के गर्ने भन्ने विषयको आन्तरिक छलफलबाट भएको थियो ।’

नभन्दै, चैत १० गते नेपालमा कोरोना संक्रमणको दोस्रो केश देखा पर्‍यो । र, त्यसको भोलिपल्टै सरकारले महामारी नियन्त्रणका लागि लकडाउन गर्ने निर्णय गर्‍यो । सरकारले डेडिकेटेड अस्पताल बनाउने छलफल पनि थाल्यो ।

डा. झा सम्झन्छन्, ‘माथिल्लो तहमा भएको छलफलमा सशस्त्र प्रहरीकै अस्पताल प्रयोग गरेर सेनाको नेतृत्वमा कोभिड विशेष अस्पताल बनाउने निर्णय भएछ ।’

तर, सशस्त्रका ३५ हजार फौज र तिनका परिवारलाई सेवा दिइरहेको अस्पताललाई पूर्णरुपमा कोभिड अस्पताल बनाउन सजिलो थिएन । त्यसैले ब्यारेक र खाली ठाउँ प्रयोग गरेर नयाँ अस्पताल तयार गर्ने प्रस्ताव अघि सारियो । त्यसो गर्दा खर्च बढी हुने र तयार गर्न समय पनि बढी लाग्ने भनियो ।

सशस्त्रका अधिकृतहरुले समयमै तयार पार्ने विश्वास दिलाएपछि नियमित सेवासँगै कोभिड विशेष अस्पताल बनाउने काम सुरु भयो ।

सशस्त्र प्रहरीका प्रवक्ता राजु अर्यालका अनुसार अस्पताल परिसरमा नम्बर ९ पशुपतिनाथ बाहिनी र २०७२ सालको महाभूकम्पपछि प्रयोगविहीन बनेको दुईवटा ब्यारेक भवन पनि थिए । प्रहरी नायब महानिरीक्षक (डीआईजी) को नेतृत्वमा रहने बाहिनीमा कम्तिमा १७० जनशक्ति हुन्छन् ।

कोरोना संक्रमितलाई उपचार गराइने भवन

‘बाहिनीलाई राताहात खाली गरियो’, प्रहरी नायब महानिरीक्षक (डीआईजी) अर्याल भन्छन्, ‘गोदामको रुपमा प्रयोग गरिएको एउटा पर्खाल मर्मत र फ्लोरिङदेखि पानी–बत्ती व्यवस्थापनसम्मका काम सकेर दुई सातामा १२० बेडको अस्पताल तयार पार्‍यौं ।’

संरचनागत तयारीसँगै कोभिड–१९ संक्रमितको उपचारका लागि २७ जना रहने तीनवटा कोरोना भाइरसविरुद्ध टोली बनाएको डा. झा सम्झन्छन् । ‘अहिले त १६० आईसीयू बेडको वार्डसहित भीआईपीका लागि १५ क्याबिन र २० वटा आईसीयु छन्’, उनी भन्छन्, ‘क्षमता र सुविधा थप्ने तयारी पनि हुँदैछ ।’

विरामीको खुशीमा गद्गद् चिकित्सक

सशस्त्र प्रहरी अस्पतालमा सामान्य नागरिकदेखि भीआईपीसम्मले उपचार पाएका छन् । सेवा लिने भीआईपीमा राजनीतिक र फौजीदेखि निजामतिसम्म छन् । ‘सामाजिक सञ्जालमा हरेक दिन धन्यवाद पाउँदा गौरव महसुस हुन्छ’, डा. झा भन्छन्, ‘महामारीको झण्डै एक वर्षको चक्रमा हामीले धेरै सद्भाव कमायौं ।’

उनका अनुसार, कोभिड अस्पतालमा वैशाख ३१ गते पहिलो बिरामी भर्ना हुन आएका थिए । त्यसपछि त क्रमशः कोभिड युद्धको मोर्चा खुलेको उनी बताउँछन् । कोरोना संक्रमितलाई उपचार थालिएको पहिलो दिनबाटै सीसी टीभीबाट बिरामीलाई हेर्न र फोनमा कुरा गरेर नियमित जानकारी लिन थालियो ।

‘म एकजनाले मात्रै दिनमा दुईदेखि तीनसय कल फोन उठाएँ होला’, डीएसपी झा भन्छन्, ‘तुरुन्त चिकित्सक उपलब्ध भएपछि विरामीको मनोबल त्यसै बढ्दो रहेछ भन्ने मेरो अनुभव छ ।’

सशस्त्र प्रहरीको यही कोभिड अस्पतालमा रेमिडिसिभिर जस्ता औषधि पहिलो पटक प्रयोग गरिएको थियो । नेपालमा प्रयोग अनुमति नभइसकेका अवस्थामा सिकिस्त विरामीका आफन्तले भारतबाट रेमिडिसिभिर ल्याएर चलाइदिन आग्रह गरेपछि परिक्षणको लागि पनि चलाइएको थियो ।

परिणाम राम्रो भएपछि साउन अन्तिम साता त औषधि व्यवस्था विभागले नै रेमिडिसिभिर प्रयोगमा ल्याउन अनुमति दियो । गौरव पोखरेल

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न
जनप्रभाबन्युज विशेष

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

4 weeks पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान
जनप्रभाबन्युज विशेष

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

2 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’
जनप्रभाबन्युज विशेष

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

2 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

2 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

4 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

4 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh