-
काठमाडौं,पुस २६ गते आइतबार ।।
-
जनप्रभाव – सम्बादाता
नेकपा प्रचण्ड-नेपाल समुहका प्रवक्ता एवम् राष्ट्रियसभा सदस्य नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीले गैर संवैधानिक तरिकाले संसद विघटन गर्नुभएको दोहोर्याउनु भएको छ । शुक्रबार राष्ट्रियसभाको बैठकमा बोल्दै श्रेष्ठले असंवैधानिक मात्रै नभइ अलोकतान्त्रिक, प्रतिगामी स्वेच्छाचारी र निरङ्कुश भएको बताउनु भयो ।
प्रधानमन्त्ती ओलीको गैरसंवैधानिक कदमले जनताले लडेर ल्याएको उपलब्धिहरुलाई खोस्ने र अपहरण गर्ने काम गरेको आरोप लगाउनु भयो । यो एउटा प्रतिगमनकारी कदमले अन्य प्रतिगमनको आधार तय गर्ने त होइन भन्ने प्रश्न समेत खडा गरेको बताउनु भयो । तर नेपाली जनताले प्रधानमन्त्रीको कदलमलाई प्रतिबाद गर्ने बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘प्रधानमन्त्रीको यो कदमले हामिले ल्याएको ऐतिहासिक राजनीतिक परिवर्तनमाथि कालो बादल मडारी रहेको छ । तर नेपाली जनताले यसलाई कुनैपनि हालतमा रक्षा गरि छाड्ने संकल्प गरेका छन् ।’
नेता श्रेष्ठले संविधान निर्माणका क्रममा राष्ट्रिय राजनीतिक सहमति कायम गरेका र राजनीतिक अस्थिरताका लागि संविधानमा प्रधानमन्त्रीलाई संसद विघटन गर्ने कुनै बिशेष अधिकार नदिइएको उल्लेख गर्नुभयो । यति अधार नहुँदा पनि प्रधानमन्त्री ओलीले संविधानमा हुँदै नभएको अधिकार प्रयोग गरेर संसद विघटन गरेको आरोप लगाउनु भयो । यसले संविधानमाथि धात गरेको बताउनु भयो । उहाँले भन्नुभयो, ‘संविधानको धारा ७६ को १, २, ३ र ५ लगायत चार वटा धाराले सरकार निर्माणको बिकल्प प्रदान गरेको छ ।’
फेसबुकबाट तपाईको प्रतिक्रिया !