- धरान,पुस २६ गते आइतबार ।।
- जनप्रभाव – सम्बादाता
कोभिड संक्रमणबाट बेलायतमा एक गोर्खा अभियन्ताको दुखद निधन भएको छ । बेलायतको अल्डरसटस्थित गोर्खा अभियन्ता ७५ वर्षीय रणबहादुर लिम्बूको शुक्रबार फर्मली पार्क अस्पतालमा उपचारको क्रममा दुखद निधन भएको हो ।
कोभिड संक्रमण भएर अस्पताल भर्ना भएको ९ दिनपछि उनको निधन भएको गोर्खा भतपुर्व सैनिक संघ गेसोले पुष्टि गरेको सिलिचुङ अनलाइनले जनाएको छ । स्वर्गीय लिम्बूका पत्नी र तीन छोरा छन् । दुई छोरा बेलायती सेनामै कार्यरत छन् भने कान्छा छोरा बाबुआमासंगै रहेका छन । घरमा सबैजनालाई ज्वरो आएपछि डिसेम्बर २४ मा टेस्ट गराएपछि पति पत्नी र माइला छोरालाई पोजिटिभ देखिएको थियो । लिम्बुलाई श्वासप्रश्वासमा गाह्रो हुन थालेपछि डिसेम्बर ३१ का दिन एम्बुलेन्स बोलाएर अस्पताल लगिएको थियो ।
अस्पताल भर्ना भएपछि पनि अवस्था सुधार आउन नसकेका उनको शुक्रबार दिउँसो साढे एक बजे निधन दुखद भएको खबर अस्पतालले परिवारलाई दिएको गेसोका केन्द्रीय सदस्य नरहाङले बताए । परिवारका अनुसार पहिलेदेखि नै मधुमेहका बिरामी गत वर्ष मात्रै उनको एउटा खुट्टाको अप्रेसन गरी काटिएको थियो । ताप्लेजुंगको सिकैचा पुख्र्यौली भएका लिम्बू बेलायत निरन्तर बस्दै आएका थिए ।
गोर्खा भुतपुर्व सैनिक संघ अल्डरसट शाखाको सल्लाहकार रहेको लिम्बु सक्रिय सामाजिक कार्य गर्ने गोर्खा अभियन्ता रहेको गोर्खा भुतपुर्व सैनिक संघ गेसोको केन्द्रीय कार्यवहाक सभापति धर्म तामाङले बताए ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !