-
काठमाडाैं,पुस २६ गते आइतबार ।।
-
जनप्रभाव : सम्बादाता
नेपाली सेनाभित्र तल्लाे तहकाहरू हाकिमकाे शाेषणमा परेका हुन्छन् भने माथिल्लाे तह प्रमुख सेनानी, महासेनानी, सहायक रथी र उपरथीहरूलाई चाहिं आफ्नै वेसिक वा आफूभन्दा तल्लाे वेसिककाले जसरी हुन्छ सिध्याउने नै गरी षडयन्त्र गरेका हुन्छन् भन्ने कुराकाे पछिल्लाे उदाहरण सहायक रथी पङ्कज कार्की बनेका छन् ।
अमेरिकामा एनडीसी( नेशनल डिफेन्स काेर्ष) गरेका, व्यवसायमा निपूर्ण मानिएका २७ बाहिनीका बाहिनीपति सहायक रथी पङ्कज कार्कीकाे पदाेन्नति हुने बेलामा आफ्नै टुवाइसी रामचन्द्र कार्कीकाे षडयन्त्रमा परेपछि आर्मी हेडक्वाटरमा झिकाइएकाे खबर छ ।
२७ बाहिनीकै कार्यरत महिला सिपाहीकाे कथा बुनेर सहायक रथी पङ्कज कार्कीकाे उपरथीमा हुने बढुवा राेक्ने दुष्प्रयास गरिएकाे खुलेकाे छ । कथित घटनाकाे सत्यतथ्य के हाे भन्ने कुरा मध्यपूर्वी पृतनाका महासेनानी भुवन खत्रीकाे छानिवन टाेलीले २७ बाहिनी भित्र बसेर हप्ताै लगाएर साेधपुछ, अनुसन्धान गर्दा आशंका गरिएकाे कुनै पनि घटना २७ बाहिनीमा नघटेकाे/ नभएकाे बाहिनीपति कार्की निर्दाेष रहेकाे प्रतिवेदन दिएपछि पनि बाहिनीपति सहायक रथी पङ्कज कार्कीलाई सिध्याउन पछि लागेकाे तत्वले अझै खेदिरहेकाे श्राेत बताउछ ।
२६ वेसिकका सहायक रथी पङ्कज कार्कीलाई विवादमा पारेर सिध्याउन सकेमा २७ वेसिकका केही षडयन्त्रकारीहरू बढुवा हुने बाटाे खुल्ने भएकाले काममा भन्दा सुविधामा रमाउने, सुखसुविधाका भाेगी महासेनानी रामचन्द्र कार्कीलाई प्रयाेग गरेर महिला सिपाही काण्ड रचिएकाे आशंका गरिएकाे आर्मी हेड क्वार्टरले गरेकाे थाहा भएकाे छ । हाल २७ बाहिनीकाे बाहिनीपतिमा सहायक रथी हेम केसीलाई पठाइएकाे छ ।
सहायक रथी पङ्कज कार्कीकाे कमजाेरी चाहिं म अंग्रेजी साहित्यमा दख्खल भएकाे अंग्रेजी भाषाकाे ज्ञाता भन्ने घमण्ड बाहेक नेपाली सेनाका लागि राम्राे र ट्यालेन्ट सहायक रथी मानिएतापनि आर्मी हेड क्वार्टर भित्रकै याेग्यता, क्षमता नभएका केही गफाडी उपरथी निकट महासेनानी रामचन्द्र कार्कीकै षडयन्त्रमा नेपाली सेनालाई बद्नाम गर्नेगरी याैनजन्य क्रियाकलापकाे विषय उठाएकाे चर्चा आर्मी हेड क्वार्टरमा हुने गरेकाे श्राेत बताउछ ।
बाहिनीपति सहायक रथी पङ्कज कार्कीलाई पदाेन्नति हुनबाट राेक्नेगरी २७ वेसिककाहरूकाे उक्साहटमा काल्पनिक घटनाकाे सिर्जना गरिएपनि २७ बाहिनीमा कार्यरत महिला सिपाहीलाई याैनजन्य क्रियाकलापकाे दाेषाराेपण गर्नु भनेकाे नेपाली सेनाकै बद्नाम गर्नु हाे भन्ने कुरा पनि सेनाभित्र उठेकाे जानकारी हुन आएकाे छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !