-
काठमाडौं,पुस २६ गते आइतबार ।
-
जनप्रभाव – सम्बादाता
प्रधानमन्त्री केपी शर्मा ओलीले ४ जना पूर्व प्रधानन्यायधीशले सर्वोच्च अदालतलाई गलत ढंगले प्रभावित गर्न खोजेको आरोप लगाउनुभएको छ ।
प्रतिनिधिसभा विघटन असंवैधानिक भन्दै चार जना पूर्व प्रधानन्यायाधीशहरुको विज्ञप्ती सार्वजनिक भएको भोलिपल्ट प्रधानमन्त्री ओलीले चार जना पूर्व प्रधानन्यायाधीले सर्वोच्च अदालतलाई धम्याउने र गलत ढंगले प्रभावित पार्न खोजेको आरोप लगाउनुभयो ।
शनिबार काठमाडौमा युवा संघको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सडकबाटै फैसला दिन खोज्ने प्रवृति कदापी स्वीकार्य नहुने बताउनुभयो ।
सर्वोच्च अदालतको सर्वोच्च ठाउँमा बसिसकेका मान्छेले अदालतलाई गलत ढंगले प्रभावित पार्ने, र धम्क्याउने खालका क्रियाकलाप गर्न नसुहाउने ओलीको भनाइ थियो ।
संविधानमा व्यवस्था भएको संवैधानिक इजलासलाई नमान्ने भन्दै केही अजासु अति जान्ने सुन्ने निस्केर अरु इजलास माग गर्न थालेको उहाँको आरोप थियो ।
प्रतिनिधिसभा पुनःस्थापना नहुने ठोकुवा गर्दै प्रधानमन्त्री ओलीले तोकिएकै समयमा चुनाव हुने दाबी गर्नुभयो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !