- लहान,पुस २५ गते सनिवार ।
- जनप्रभाव-सम्बादाता
अनुगमनको नाममा व्यापारीलाई भयवित पार्ने गरेको छ । अखाद्य तथा म्याद गुज्रिएको समाग्री विक्रीवितरण गर्ने पसलेलाई कारवाही नै हुँदैन । प्रहरी प्रशासनले आफ्ना भत्ता चुखियाउँन अनुगमनको आधार तयार गर्छन् । योसँगै व्यापारीहरु तत्काल भयवित बन्ने गरेको स्थानीयको कथन छ ।
सिरहाको लहान, धनगढी, गोलबजारलगायत बजारमा यस्तै अनुगमनले प्रशासनमाथी प्रश्न खडा भएको छ । प्रशासनले पूर्व तयारी तथा मिडियासमेतलाई गुमराहमा राखेर अनुगमन गरिरहँदा सार्थकता नपाएको व्यापक गुनासो छ । शुक्रवार हाटबजारका दिन पसलमा ग्राहकको भिड रहेको अवस्थामा सिरहाको लहानमा संयुक्त बजार अनुगम टोलीले बजार अनुगमन गरिएको छ ।
ईलाका प्रशासन कार्यालय लहानका प्रमुख प्रेम प्रसाद देवकोटाको संयोजकत्वमा शुक्रवार लहान बजारको राधाकृष्ण चौक वरिपरीका मासु लगायत खुद्रा तथा किराना पसलहरुमा अनुगमन गरिएको छ ।
समान खरिद गर्दा बील लिऔं, समानको उत्पादन मिति , उत्पादन नाम , ठेगाना , उपभोग्य अविधि ,परिमाण, तौल आदी उल्लेख नभएका समाग्री खरिद नगरौ लगायतका उपभोक्ताहरुलाई जानकारी दिएर बजार अनुगमन गरिएको घरेलु तथा साना उद्योग कार्यालय लहानका प्रमुख दिपेन्द्र कुमार यादवले बताए । बिभिन्न पसलहरुमा गरिएको अनुगमनबाट करिब ५० किलो अखाद्य बस्तु म्याद गुज्रेका सर–समानहरु नष्ट गरिएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !