-
नुवाकोट,पुस २४ गते शुक्रबार ।।
-
जनप्रभाव : सम्बादाता
नुवाकोट घर भएकी धनकुमारी ठकुरी (५८) ललितपुरको च्यासलमा बस्छिन् । उनीसँग केही पुख्र्यौली सम्पत्ति रहेको चर्चा उनी बेलाबखत छरछिमेकमा गर्थिन् । उमेरमा घाम ताप्दै गफिने त नेपालीको बानी नै हो । यसबाट धनकुमारी समेत अछुतो थिइनन् ।
यसको सूइको च्यासलमै बस्ने च्यासल बस्ने भरत मगर (२६) ले पाउछन् । अब दिनदिनै उनको मनमा धनकुमारी धनमाल कसरी फुत्काउने भन्ने योजना आउन थाल्छ । यसका लागि उनी आफैले मात्रै सम्भव नहुने निक्र्यौल सहित आफ्ना नजिकका लगनखेल बस्ने ताप्लेजुङकी निर्मला राई, सोही ठाँउ बस्ने सुस्मिता डिम्डो र चापागाउँबस्ने लबिन लामा बल तामाङसँग सरसल्लाह गर्छन् ।
यो समुह धनकुमारीको धनमाल कसरी फुत्काउने योजना बुन्न थाल्छ । अनि धनकुमारीसँग यी तीन युवतीले सम्पर्क बढाउन थाल्छन् । बिस्तारै धनकुमारीसँग भएको धनको बिषयमा चर्चा गर्न थाल्छन् ।
१३ पुस साढे २ बजे उनीहरुको योजना सफल हुन्छ । धनकुमारीलाई विभिन्न् लोभलालच देखाएर उनीसँग रहेको सि माला २ थान, पहेँलो पत्थर १ थान, पहेँलो टल्किने धातु १ थान र पुरानो सिक्काहरु १४ थान लुटेर लैजान्छन् ।
घटनाको जानकारी ललितपुर प्रहरीसँगै महानगरीय अपराध महाशाखाको पीसीबीलाई हुन्छ । त्यसपछि खोजी सुरु हुन्छ यी चारजनाको । जसमा ‘लेडी ग्याङ’ को महत्वपूर्ण भुमिका र अपराधमा संलग्नता हुन्छ ।
महाशाखाले यी चारैजनालाई बिहीबार साँझ पक्राउ गर्न सफलता पाउँछ । उनीहरुबाट धनकुमारीको लुटिएको धनमाल समेत बरामद भएको महाशाखा प्रमुख एसएसपी दीपक थापाले बताए ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !