-
विराटनगर ,पुस २४ गते शुक्रबार ।।
-
जनप्रभाव : सम्बादाता
कडा खालको र महंगो लागुऔषध ब्राउन सुगर धरानमा व्यापक हुन थालेको देखिएको छ । लगातार ब्राउन सुगर सहित पक्राउ परेको घट्नाले यस्को पुष्टि गरेको हो । पछिल्लो पटक सोमवार दुई जना पक्राउन परेको भोली पल्टै मंगलवार ब्राउन सुगर सहित ४ जनालाई धरानमा प्रहरीले पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय धरानले जनाए अनुसार मंगलवार सवा ३ बजेको समयमा धरान–८ हरियाली सामुदायीक बन पार्कमा धरान–८ अरुण टोलका ३७ वर्षिय शुक्रराज मोक्तान र धरान–१९ का ३० वर्षिय दिपेश श्रेष्ठ ९ ग्राम ब्राउन सुगर सहित पक्राउ गरिएको छ ।
हरियाली बनमा को. २० प ६४११ को स्कुटीमा रहेका उनिहरुको गतिविधि शंकाजनक भएपछि प्रहरीले शरीर चेकजाँच गर्दा स्कुटर चालक सुक्रराजले लगाएको ज्याकेटमा ९ ग्राम ब्राउन सुगर फेला परेको हो । उनिहरु संग प्रारम्भिक सोधपुछ गर्दा दुवैको मिलेमतोमा ब्राउन सुगर ओसार पसार गरेको खुलेको प्रहरीले जनाएको छ ।
मंगलवारै पौने २ बजे अर्को स्थानमा धरान–१५ अरुण टोलका ३० वर्षिय प्रेम तामाङ र धरान–८ का २४ वर्षिय जोन तामाङ लाई १ ग्राम ब्राउन सुगर सहित प्रहरीले पक्राउ गरेको छ । प्रहरीले जनाए अनुसार धरान–६ पानबारी स्थित धरान–केराबारी सडक खण्डमा चेकजाँचमा खटिएको प्रहरी टोलीले उनिहरु लाई पक्राउ गरेको हो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !