-
विराटनगर , पुस २२ गते बुधबार ।।
-
जनप्रभाव – सम्बादाता
नेपाल कम्युनिस्ट पार्टी ( नेकपा ) की केन्द्रीय सदस्य पूर्व राज्य मन्त्री तथा सङ्घीय सांसद रामकुमारी चौधरीले काम चलाऊ सरकारका म्यादी मन्त्रीहरू लाई सङ्घीयता खारेज गर्छु भन्ने अधिकार कस्ले दियो भनी प्रश्न गरेकी छिन ।
उनले हालै जारी अध्यादेश बारे नेकपा इटहरी उपमहानगर कमिटीको विस्तारित बैठकमा आफ्नो धारणा ब्यक्त गरेकी हुन् ।
चौधरीले २/३ महिना जागिर खान पाइन्छ की भनेर मन्त्री पदको सफत खाएकालाई मन्त्रालयको कार्यालय सहयोगीहरू समेत चलाउने अधिकार नरहेको बताएकी छिन ।
बैठक लाई सम्बोधन गर्दै नेतृ चौधरीले कामचलाउ सरकारका प्रधानमन्त्री खड्क प्रसाद ओली नभई झुट प्रसाद ओली भएको र एक पछि एक झुट बोल्दा बोल्दै झुट बोल्नेमा विश्व रेकर्ड कायम गरेको तर गिनिज बुकमा नाम दर्ज गर्न मात्रै बाकी रहेको बताएकी छिन ।
प्रदेश नं. १ मा अब केही दिन पछि भीम प्रसाद आचार्य मुख्य मन्त्री बन्ने चौधरीले दाबी समेत गरेकी छिन ।
शेरधन राई अब केही दिनको लागि मात्रै मुख्य मन्त्रीको रूपमा रहेकोले आफू टिकी रहन प्रदेश सांसदहरू लाई विभिन्न किसिमको आर्थिक र मन्त्री बाउने प्रलोभन समेत दिइरहेको चौधरीले बताइन् ।
प्रधानमन्त्रीलाई संसद् विघटनको अधिकार संविधानमा नरहेकोले यो असंवैधानिक कदमको विरुद्धमा गाउँ गाउँमा गएर जनतालाई बुझाउन समेत कार्यकर्ता लाई निर्देश दिएकी थिइन । आन्दोलन लाई सशक्त पारेर मात्रै तानासाही लाई घोडा बाट झार्न सकिने बताइन ।
तानासाही लाई नारायणहिटी बाट नागार्जुन पुर्याएको सम्झना गर्दै नेतृ चौधरीले सानो तानासाही लाई बालुवाटार बाट बाल कोट पुर्याउन समय नलाग्ने बताएकी छिन ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !