Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

प्रम ओलीका केन्द्रीय सदस्य बास्कोटको घरमा मृत फेला परेका युवकको हत्या भएको पीडित परिवारकाे दाबी

  • उर्लाबारी,पुस २१ गते मंगलवार ।।
  • जनप्रभाव – सम्बादाता

नेकपा (ओली) का केन्द्रीय सदस्य युवराज बास्कोटाको घरमा मृत फेला परेका एक युवाको हत्या भएको पीडित परिवारले दाबी गरेका छन्। पथरीशनिश्चरे नगरपालिका–१० का बास्कोटाको घरमा पौष १४ गते विहान सोही वडाका १८ वर्षीय सन्जिब भण्डारी सुतेकै ठाउँमा मृत भेटिएका थिए।

मृतक भण्डारी जिल्ला बाल क्लव समन्वय समिति मोरङका पूर्वसदस्य तथा नगर बाल क्लब सञ्जालका पूर्व अध्यक्ष हुन्। यता बास्कोटा नेकपा ओली समूहका केन्द्रीय सदस्यसमेत हुन्।

बास्कोटा र भण्डारीको विगत डेढ महिना यता नजिकको सम्बन्ध रहेको पारिवारिक स्रोतले बिएल नेपाली सेवालाई जानकारी दिएको छ। बाल अधिकारकर्मी भण्डारीको मृत्यु रहस्यमय भएको भन्दै पीडित परिवारले छानविन गरी दोषीलाई कारवाही गर्न माग गरेका छन्।

छोराको मृत्यु रहस्यमय भएकाले सत्यतथ्य छानविन गर्न आमा राधिका भण्डारीले माग गरेकी छिन्। उनले वास्कोटाले षडयन्त्रपूर्ण तरिकाले मारेको आरोप लगाएकी छिन्।

‘छोराले मलाई सोमबार साँझ ७ बजे तिर फोन गरेर युवराज दाईले मलाई बस्नु भन्नु भएको छ म यही बस्छु आज आउँदिन, यहाँ जग्गाको काम छ, म जग्गाको काम मिलाउँदै छु भोली आउँछु भनेको थियो,’ आमा राधिकाको भनाइ छ। ह्दयघातका कारण छोराको मृत्यु भएको बताए पनि वास्तविकता छानविन नगरी बास्कोटालाई उन्मुक्ति दिन नहुने उनको भनाइ छ।

‘छोराको गर्धन फुलिएको छ, पेट फुलेको छ, एक पट्टिको कान निलो भएको छ’, मृतक भण्डारीका बुवा गोपाल भण्डारीले भने, ‘मेरो छोरालाई त्यही घरमा नभई अन्य स्थानमै हत्या गरी घाटमा सुताइएको हुन सक्छ, कोठामा चुकुल पनि लगाइएको थिएन।’

मृतक भण्डारीका दाजु दिवस भण्डारीले युवराज बास्कोटाले षडयन्त्रपूर्ण तरिकाले आफ्नो भाईको हत्या गरेको आरोप लगाए। जागिरको प्रलोभन देखाएर घरबाट उसलाई लैजाने गरेको उनले बताए।

बास्कोटाले कहिले नेपाल टेलिभिजनमा काम लगाइदिन्छु कहिले अब म मन्त्री भएपछि आफ्नै पिए बनाउँछु भन्ने कहिले बैदेशिक भ्रमणको अवसर मिलाई दिन्छु भन्दै प्रलोभन देखाउँदै भाईलाई काममा लगाउने गरेको उनले जानकारी दिए। ‘मैले त त्यो मान्छे ठिक छैन, नजानु भनेर भाईलाई सम्झाएको थिएँ’, उनले भने, ‘उ आफ्नै जिद्धिले जाने गथ्र्यो। ’

परिवार भन्छ, ‘प्रहरीले गम्भिर भएन’

बास्कोटाको घरमा मृत अवस्थामा छोराको शव भेटिएपनि प्रहरी प्रशासनले घटनालाई गम्भिर नलिएको भन्दै पीडित परिवारले आरोप लगाएका छन्। उनीहरुले नेकपा केन्द्रीय सदस्य भएकै कारण बास्कोटालाई उन्मुक्ति दिन प्रहरीले चलखेल गरेको मृतकका बुवा गोपाल भण्डारीको भनाइ छ।

रहस्यमय तरिकाले छोराको मृत्यु हुँदासमेत आरोपित बास्कोटालाई शक्ति र पँहुचको भरमा पक्राउ नगरेको उनले आरोप लगाए। प्रहरीले निष्पक्ष रुपमा छानविन गरी सत्यतथ्य बाहिर ल्याउनु पर्नेमा उल्टै बास्कोटाको संरक्षण गरेको उनले बताए।

स्थानीय भन्छन्,‘हत्या नै हो, न्याय नपाए आन्दोलन गछौं’

बाल अधिकारकर्मी भण्डारीका छरछिमेकी पनि हत्या नै भएको दाबी गर्छन्। स्थानीय हस्तबहादुर गुरुङले मृतकको शवको प्रकृति हेर्दा हत्या नै भएको देखिएको बताए। उनले घटनाको सत्यतथ्य छानविन गरी दोषीलाई कारवाही गर्नु प्रहरी प्रशासनलाई माग गरे।

त्यस्तै, स्थानीय जगतबहादुर खत्रीले मृतक भण्डारीको हत्या भएको दाबी गर्दै दोषीलाई कार्वाही नगरे आन्दोलन गर्ने चेतावनी दिएका छन्।हत्या हो वा होइन छानविन गर्नु पर्ने प्रहरीले बास्कोटालाई हालसम्म पक्राउ गरी अनुसन्धानको दायरामा नल्याउनु नै घटना रहस्यमय रहेको उनको भनाइ छ।

भण्डारीको मृत्युसँगै पथरीशनिश्चरे वडा नम्बर १० को जिरीखिम्ती भने शोकमा डुबेको छ। यस विषयमा बास्कोटासँग बिएल नेपाली सेवाले सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेन।बिएलबाट

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न
जनप्रभाबन्युज विशेष

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

2 months पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान
जनप्रभाबन्युज विशेष

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

2 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’
जनप्रभाबन्युज विशेष

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

3 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

3 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

4 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

4 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh