- काठमाडौं,पुस २१ गते मंगलवार ।।
- जनप्रभाव
देशमा अहिले राजनीतिक संकट बढीरहेका बेला नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सिआइबी)लाई पनि एउटा संकट आइलागेको छ । अबको ४० दिनभित्र एउटा भिआईपी मुद्दाको अनुसन्धान टुंग्याउनुपर्ने दायित्व सिआइबीलाई छ ।
गत वर्षको बहुचर्चित बालुवाटार जग्गा प्रकरणको अनुसन्धान सिआइबीमा जारी छ । जून अबको करिब ४० दिनभित्र टुंगो लगाउनुपर्ने बाध्यता उसँग छ । जसकारण सिआइबीका प्रहरीलाई तनाव बढेको छ ।
भिआईपीहरु जोडिएको यो मुद्दामा कसलाई पक्राउ गर्ने कसलाई नगर्ने भन्नेमा सिआइबीलाई समस्या छ । ठगी तथा र्कीर्ते मुद्दाको हदम्याद एक वर्षको हुन्छ । जुन हदम्याद फागुनको पहिलो साता सकिन्छ । माथिल्लो आदेश प्रष्ट नहुँदा सिआइबीले अनुसन्धान सकेर पनि कसैलाई पक्राउ गर्न सकेको छैन ।
अख्तियारले मुद्दा चलाएका १७५ बाहेक पनि अन्य व्यक्तिको पनि यसमा संलग्नता देखिएको छ । जसमा पूर्व निर्वाचन आयुक्त सुधीर कुमार शाह लगायत छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !