- कैलाली,पुस २० गते सोमबार ।।
- जनप्रभाव – सम्बादाता
गैंडाको खागसहित एकजना पक्राउ परेका छन् । कैलालीको बर्गगोरीया गाउँपालिका-४ का ५८ वर्षीय नैनबहादुर कठरियालाई प्रहरीले खागसहित पक्राउ गरेको हो ।
स्थानीय छतिवन सामुदायिक वन नजिकै पूर्वपश्चिम राजमार्गमा ना ३ स ५७१८ नम्बरको आटो रिक्सामा राखिएको अवस्थमा प्रहरीले खागसहित कठरियालाई पक्राउ गरेको संघीय प्रहरी कार्यालय धनगढीका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक नल प्रसाद उपाध्यायले जानकारी दिए ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !