- काठमाडौं , पुस २० गते सोमबार ।।
- जनप्रभाव / सम्बादाता
प्रधानसेनापति पूर्णचन्द्र थापाले बढुवा भएका उपरथीलाई दज्र्यानी चिन्ह प्रदान गरेका छन् । पौष १५ गतेको मन्त्रिपरिषद् बैठकको निर्णय अनुसार उपरथी दर्जामा पदोन्नति भएका प्राविधिक सहायक रथी डा. देवेन्द्र बहादुर खत्रीलाई आज प्रधानसेनापति थापाले जङ्गी अड्डामा दज्र्यानी चिन्ह प्रदान गरेका हुन् ।

उपरथी दर्जामा पदोन्नति भएका प्राविधिक उपरथी डा. देवेन्द्र बहादुर खत्रीलाई सैनिक स्वास्थ्य महानिर्देशनालयमा माहानिर्देशकको रुपमा पदस्थापन गरिएको छ ।

