- काठमाडौं , पुस २० गते सोमबार ।।
- जनप्रभाव / सम्बादाता
निवर्तमान खानेपानी मन्त्री बिना मगरले प्रधानमन्त्रीले सत्ता लोलुपताकै कारण संसद विघटन गराएको बताएकी छन् । नेपाल कम्युनिस्ट पार्टी बेलौरी नगरकमिटीद्वारा आयोजित नगर कमिटी भेलालाई सम्बोधन गर्दै निवर्तमान खानेपानी मन्त्री मगरले प्रधानमन्त्रीले जनताका लागि भन्दा पनि सत्ताकै लागि संसद विघटन गराएको बताइन् । “प्रधानमन्त्री केपी शर्मा ओलीलाई देश र जनताको चिन्ता छैन । मुलुकको विकासको बारेमा उहाँलाई कत्ति पनि चिन्ता रहेनछ । मात्र उहाँलाई सत्ताको चिन्ता रहेछ ।”




















