- काठमाडौं , पुस २० गते सोमबार ।।
- जनप्रभाव / सम्बादाता
नेपाल कम्युनिस्ट ( पार्टी ) नेकपा का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी सीता दाहाललाई थप उपचार गर्न आज भारतको मुम्बई लगिएको छ । नेपाल एयरलाइन्सको बिहान ११ बजेको उडानबाट दाहाललाई मुम्बई लगिएको हो ।
सीतासँगै अध्यक्ष प्रचण्ड र छोरी गंगा दाहाल पनि मुम्बई गएका छन् । सीताको उपचार न्यूरोजेन ब्रेन एण्ड स्पाइन इन्सटिच्युटमा हुने छ । उनलाई सो अस्पतालका डाइरेक्टर तथा कन्सलट्यान्ट न्यूरो सर्जन डा. आलोक शर्माको टोलीले उपचार गर्ने प्रचण्डका प्रेस सल्लाहका विष्णु सापकोटा ‘जुगल’ले जानकारी दिए ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !