Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

पूर्व भारतीय राजदूत रञ्जित रे ले किन लेखे : नेपाल अब कता ?

  • काठमाडौं,पुस २० गते सोमबार ।।
  • जनप्रभाव – सम्बादाता

आउने दिनमा नेपालको भावी गन्तव्यलाई चार पक्षले निर्धारण गर्नेछन्। सत्तारूढ नेपाल कम्युनिस्ट पार्टीका नेताहरूको व्यक्तिगत स्वार्थको लडाइँले पार्टीलाई विभाजनको डिलमा पुर्‍याएको छ। आफ्नै पार्टी सदस्यहरूको विद्रोहका कारण प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक औचित्य र मूल्यलाई बेवास्ता गर्दै आफूप्रति अनुगृहीत राष्ट्रपतिको सहयोगमा प्रतिनिधिसभालाई विघटन गरे।

संक्रमण र कमजोर आर्थिक स्थितिबाट गुज्रिनुका साथै सडक प्रदर्शनसमेत हुन थालेपछि नेपाल थप अस्थिरतातर्फ उन्मुख भएको छ। यसले लोकतान्त्रिक प्रक्रियालाई कसरी प्रभाव पार्ने हो भन्नेमा दलहरू आफैं अलमलिएका छन्। नेपाली कांग्रेसले यो घटनाक्रमलाई संविधानमाथिको आक्रमणभन्दा आफ्नै दललाई यसले पार्ने प्रभावका रूपमा मात्र हेरिरहेको छ। धेरै कुरा सर्वोच्च अदालतको संवैधानिक इजलासको फैसलामा निर्भर गर्ने देखिएको छ।

यसले ओलीको निर्णयलाई सदर गर्‍यो भने प्रचण्ड–माधवकुमार नेपाल नेतृत्वको कम्युनिस्ट पार्टीका तर्फबाट थप विरोध प्रदर्शन हुनेछ। अदालतले विघटनलाई अस्वीकार गर्दै संसद् पुनःस्थापना गर्‍यो भने प्रधानमन्त्री ओलीमाथि चुनौती खडा हुनेछ र त्योबेला उनले नेपाली कांग्रेस र जनता समाजवादी पार्टीसँग नयाँ गठबन्धन बनाउनुपर्ने अवस्था आउन सक्छ। यी दुई दल र प्रचण्ड ९पुष्पकमल दाहाल०–माधवकुमार नेपाल समूहबीच नयाँ गठबन्धनको सम्भावना पनि उत्तिकै छ।

नेपालको आन्तरिक राजनीतिमा खासगरी कम्युनिस्ट पार्टीको सुदृढीकरण र एकीकरणका निम्ति चीन संलग्नताको नेपालमा दीर्घकालीन प्रभाव हुनेछ। चीनले अन्य मुलुकको आन्तरिक मामिलामा अहस्तक्षेपको नीति अवलम्बन गर्छ भनिए पनि नेपालमा भने चीनको अत्यन्तै खुला, प्रस्ट र हस्तक्षेपकारी भूमिका देखिएको छ। चीनको दीर्घकालीन रणनीति नेकपालाई चिनियाँ कम्युनिस्ट पार्टीजस्तै बनाउने रहेको छ। उनीहरूको वर्तमान प्रयासलाई केही हदसम्म धक्का लागे पनि यसले निरन्तरता पाउनेमा कुनै शंका छैन, बरु भविष्यमा यो अरू बढ्नेछ।

चीनको यो नीतिलाई अमेरिका र चीनले आफ्नो प्रभाव विस्तारका निम्ति विश्वव्यापी प्रतिस्पर्धा गरिरहेको सन्दर्भमा हेर्नु उचित हुन्छ। अमेरिकी सहयोगको मिलेनियम च्यालेन्ज कर्पोरेसन परियोजनालाई समर्थन गर्ने वा नगर्ने विवाद खासगरी नेकपाभित्र प्रस्टसँग देखिएको छ। प्रचण्ड–माधव समूहले एमसिसीलाई अमेरिकी इन्डो–प्यासिफिक रणनीतिकै एउटा अंगका रूपमा लिई विरोध गरिरहेको छ, जुन उनीहरूको विचारमा चीनविरोधी छ। नेकपाको ओली समूह र नेपाली कांग्रेसको समर्थन हुँदाहुँदै पनि एमसिसी परियोजना अवरुद्ध छ। अमेरिकाले भावी दलाई लामा र तिब्बती डायस्पोराको प्रश्नमा लिएको हालैको नीतिको चीनले सशक्त आलोचना गरेको छ, तिब्बती शरणार्थीलाई आश्रय दिइरहेको नेपाललाई यसको समेत प्रभाव पर्नेछ।

भारत–चीनबीचको विवाद र लद्दाख सीमामा देखिएको समस्यापछि यी दुईको सम्बन्धमा गम्भीर असर परेको छ, जसको प्रभाव सम्पूर्ण दक्षिण एसिया क्षेत्रमा पर्नेछ। ओली सरकारले नेपाली नक्सा प्रकाशन गरेपछि नेपाल चिनियाँ मार्गचित्रमा हिँडेको भन्दै भारतले चासो देखाएको थियो। यसले गर्दा लामो समयसम्म नेपाल र भारतबीच द्विपक्षीय वार्तासमेत हुन सकेन। ओली सरकारले वार्ता पुनः थाल्न र भारतसँगको सम्बन्ध पुनस्र्थापित गर्नुपर्ने आवश्यकता महसुस त्यतिबेला गर्‍यो , जतिबेला ओलीले चीनको चाहना आफ्नो नेतृत्वभन्दा पनि पार्टी एकता कायम गर्न मात्र रहेको थाहा पाए।

भारतबाट भएका भ्रमणहरूले ओली सरकारसँगको सम्बन्धमा सुधार ग¥यो। भारतको प्रयास निरन्तर संलग्नता र द्विपक्षीय सम्बन्धको विस्तारमा केन्द्रित हुनुपर्छ। भारतले नेपालीको बहुदलीय लोकतन्त्र र प्रगतिशील, समावेशी र न्यायपूर्ण राज्य स्थापनाको अपेक्षालाई ऐतिहासिक रूपमा समर्थन गरेको छ। नेपालको राजनीतिक स्थायित्व भारतको स्वार्थ हो। भारतले वर्तमान सरकारसँग काम गर्दागर्दै पनि नेपालका सबै राजनीतिक शक्तिसँग संलग्न हुनु आवश्यक छ। नेकपा वा नेकपाको ठूलो हिस्सा चीन पक्षीय ९प्रो–चाइना० छ र यो भारतको हितविपरीत छ भनी चीनले खडा गरेको गलत दृष्टिकोणबाट भारत अलमलिनु उचित हुँदैन।

नेपालको आसन्न भविष्य अनिश्चित देखिन्छ। निर्धारित मितिमै निर्वाचन हुन्छ भन्ने कुनै सुनिश्चितता छैन। धेरै कुरा आन्तरिक स्थितिमा निर्भर गर्छ। राजावादी, हिन्दुवादी, राजनीतिक दल र अन्य अतिवादी वाम तŒवका प्रदर्शन बढ्दै गए भने नेपालले फेरि अस्थिरताको सामना गर्नुपर्ने हुन्छ र अन्तर्राष्ट्रिय शक्तिका कारण नेपाल थप संकटमा पर्नेछ। यो विश्व भूराजनीतिको क्रसफायर ९गोलाबारी० का बीचमा पर्न पनि सक्छ। राजनीतिक र सामाजिक–आर्थिक परिवर्तनको अपेक्षासहितको माओवादी विद्रोह र मधेसी आन्दोलनका उपलब्धिलाई समावेश गरिएको २०७२ सालको संविधानमाथि प्रश्न उठ्न थालिसकेका छन्। तथापि नेपाली समाजका अनेकन् क्षेत्र यसका परिणामप्रति आश्वस्त हुन सकेका छैनन्, यी मुद्दा फेरि उठ्न थालेपछि नेपालमा थप द्वन्द्व हुनेछ।

बाबासाहेब अम्बेड्करले भनेका छन्, संविधानले त्यतिबेला मात्र राम्रो काम गर्न सक्छ, जतिबेला यसको कार्यान्वयनको जिम्मेवारी पाएका व्यक्तिहरूले राम्रो काम गर्छन्। नेताहरूले आफैं संघीय लोकतान्त्रिक नेपालको संविधानका विशेषतामाथि प्रश्न गर्न र संविधानका मान्यतालाई बेवास्ता गर्न थाले भने नेपाल थप अस्थिरतातर्फ जानेछ र समृद्ध नेपाल, सुखी नेपालीको लक्ष्य सुदूर भविष्यतर्फ धकेलिनेछ।

नागरिक दैनिकमा खबर छ ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न
जनप्रभाबन्युज विशेष

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

5 months पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान
जनप्रभाबन्युज विशेष

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

6 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’
जनप्रभाबन्युज विशेष

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

6 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

7 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

8 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

8 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh