- काठमाडौं , पुस १९ गते आइतबार ।।
- जनप्रभाव – सम्बादाता
नेपाल कम्युनिष्ट पार्टी(नेकपा) विभाजित भइसकेको छ । नेकपा विभाजनको मुख्य कारकका रुपमा वामदेव गौतम हुन् । तर तिनै वामदेव गौतम पार्टी एकताका लागि दबाब दिन तेस्रो धार बनाउने तयारीमा छन् । उनले सोमबार तेस्रो समूहको घोषणा गर्दैछन् । पार्टीका वडातहसम्मका नेता कार्यकर्ता दुई समूहमा विभाजन भइसकेपछि गौतम भने एकताको राग अलापिरहेका छन् ।
एकीकृत नेकपाको उपाध्यक्ष रहेका गौतमले श्रीमती तुलसा थापालाई नेकपा ओली समूहको १११९ सदस्यीय केन्द्रीय समितिको सदस्यमा पठाएका छन् । र, थापाले बाल्ुवाटारमा गएर ओलीबाट सपथ समेत लिइसकेकी छन् ।
गौतमले छोरा हरिस गौतमलाई पनि ओली समूहले पठाएका छन् । हरिस गौतम बर्दिया जिल्ला कमिटीमा सदस्य छन् । बर्दियाबाट ओली समूहले महाधिवेशन आयोजक समितिमा राखेका १५ जना केही दिनअघि गौतमलाई भेट्न गएका थिए । उनले भेट्न जाने १५ जनालाई आपनो एकता अभियानमा साथ दिन आग्रह गरे । यदि आफूलाई साथ नदिने हो भने ओली समूहमै लाग्न उनले सुझाव दिएको एक सहभागीले नेपालफेसलाई बताए ।
मन्त्री हुँदा एक दिन पनि भेट नपाएपछि केपी ओलीसँग टाढिएकी थममाया थापा र भूपेन्द्र थापा पनि गौतमलाई भेट्न गएका थिए । उनीहरुलाई पनि गौतमले ओली समूहलाई नै साथ दिन सुझाव दिएर पठाएका थिए ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !