- काठमाडौं,पुस १९ गते आइतबार ।।
- जनप्रभाव – सम्बादाता
जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री केपी शर्मा ओलीले निर्धारित मितिमा चुनाव नगराउने दावी गर्नु भएको छ ।
जनकपुरमा आयोजित जसपा निकटका युवाहरुको प्रशिक्षण कार्यक्रममा बोल्दै अध्यक्ष यादवले प्रधानमन्त्ती ओलीले बैशाखमा चुनाव नगराउने बरु प्रदेशसभा नै विघटन गरेर संकटकाल घोषणा गर्न सक्ने बताउनु भयो ।
संकटकाल पछि पनि आन्दोलन नरोकिए प्रधानमन्त्तीले सेनालाई जिम्मा लगाएर संविधान नै भंग गरेर अघि बढ्ने खतरा रहेको अध्यक्ष यादवको भनाइ थियो । प्रधानमन्त्ती ओलीले जनताको मत लिएर जनताकै अधिकारलाई ध्वस्त बनाएर भष्मासुर बनेको समेत यादवको भनाइ छ ।
पार्टीको आन्तरिक विवादलाई मिलाउनुको साटो संविधाननै भंग गरेर गैर जिम्मेवारी पन प्रधानमन्त्ती ओलीले देखाएको भन्दै लोकतन्त्र, गणतन्त्र र संघीयताको समाप्त गर्ने पक्षमा रहेकाे आरोप लगाउनु भयो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !