- काठमाडौं,पुस १९ गते आइतबार ।।
- जनप्रभाव – सम्बादाता
प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाको विघटन गरी निर्वाचनमा जाने विषय नितान्त राजनीतिक विषय भएको बताउनुभएको छ ।
प्रधानमन्त्री ओलीले आइतबार (आज) संसद विघटनसम्बन्धी रिटमा लिखित जवाफ पेश गर्दै संसद विघटन गरी निर्वाचनमा जाने विषय नितान्त राजनीतिक विषय भएकाले राजनीतिक प्रश्नमा अदालत प्रवेश नगर्ने अभ्यास रहेको बताउनुभएको हो ।
उहाँले प्रधानमन्त्रीको सिफारिसमा प्रतिनिधिसभा विघटन हुने विषय संसदीय शासन व्यवस्थाको अन्तरनिहीत मूल्य भएको जिकिर गर्नुभएको छ । साथै, राजनीतिक परिवेशको मूल्याङ्कनका आधारमा प्रधानमन्त्रीले लिने निर्णय राजनीतिक रुपमा नै आम जनताले मूल्याङ्कन गर्ने विषय भएको पनि बताउनुभएको छ ।
उक्त विषय न्याय निरुपणयोग्य मापदण्डभित्र नपर्ने भएको जनाउँदै उहाँले सो रिट खारेजभागी भएको जिकिर गर्नुभएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !