- काठमाडौं, पुस १९ गते आइतबार ।।
- जनप्रभाव – सम्बादाता
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड श्रीमती सीता दाहालको उपचारका लागि सोमबार भारत जानुहुने भएको छ ।
केहिदिन अघिबाट स्वास्थ्य जटिल बनेपछि अस्पताल भर्ना हुनुभएकी श्रीमती सीताको थप उपचारका लागि भारत लाने तयारी भइरहेको आइतबार जानकारी दिइएको छ ।
आइतबार बसेको प्रचण्ड-नेपाल समुहको बैठकमा प्रचण्डले सोमबार भारत जानुपर्ने भएकाले आफू सोमबारको स्थायी कमिटी बैठकमा उपस्थित हुन नपाउने जानकारी गराउनु भएको थियो ।
सीताले पार्किन्सनँग लक्षण मिल्ने एक जटिल रोगको सामना गरिरहनु भएको छ । उहाँको अहिले ललितपुरस्थित मेडिसीटी अस्पतालमा उपचार भइरहेको छ । सीता दाहाललालई यसअघि पनि भारत, सिंगापुर र अमेरिका उपचारका लागि लगिएको थियो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !