- बाँके , पुस १९ गते आइतबार ।।
- जनप्रभाव – सम्बादाता
कोरोना भाईरसका कारण सिंगो मुलुकको अर्थतन्त्र धरासायी भएको समयमा पनि सिमाको सुरक्षार्थ खटिएका सशस्त्र प्रहरी बलका केही एसपी भने मौका यहि हो भन्दै तस्करहरूसँग खुलेआम मोलमोलाइ गरि पैसा असुली कार्यमा ब्यस्त छन् जस्का कारण यतिबेला बाँके जिल्लामा दिनदहाडै चर्कोरुपमा अबैध तस्करी धन्दा मौलाएको छ ।
बाँकेको बढैया बोर्डर आउट पोस्टका सशस्त्र प्रहरी निरीक्षक बिनोदराज श्रेष्ठले दिउसै तस्करीले सामान ल्याउने चोरी बाटोमा उभिएरै आफै पुगि विभिन्न लत्ताकपडा खाद्यान्न र धमाधम गोरु तस्करी गराएको भिडियो प्राप्त भएको छ भने बाँके जिल्लाको प्रमुख नाका जमुनाह भन्सारमा कार्यरत सशस्त्र प्रहरी निरीक्षक जीवन लाल बुढाको एरियाबाट झन चर्को मात्रामा तस्करी हुने गरेको खबर छ र भन्सारको माल पास गराउने सबै चाँजोपाँजो लामो समय देखि जमुनाह भन्सारमा घुमुवाको रुपमा परिचालित रहेका सशस्त्र प्रहरी सहायक निरीक्षक सन्तोष शर्माले मिलाएका छ्न उनी अहिले तालिमकेन्द्र नौवस्तामा तालिमरत भए पनि हरेक शुक्रबार नाईट आउट आएर तस्करहरुलाई भेटि इन्स्पेक्टर, एसपी देखि डीआइजी सम्मलाई मैले लाईन दिनु पर्छ नत्र तपाईंहरुको काम कसरी चल्छ भन्दै हप्ता र महिनावारी रकम असुलिरहेका छन भने इन्स्पेक्टर जीवन लाल बुढा पनि स्वंय दैनिक सादा पोशाकमा एक्लै एक्लै मोटर साईकलमा बाहिर घुमी घरायसी सामान लिदै गरेका सर्बसाधारणलाई समेत तस्कर सम्झी जवरजस्ती दुई सय देखि पाँच सय सम्म माग्ने गरेको र रकम नदिनेहरुको सामान जफत गरि भन्सारमा बुझाउने गरेको जनगुनासो प्राप्त भएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !