- काठमाडौं ,पुस १८ गते सनिवार ।।
- जनप्रभाव – सम्बादाता
देशको प्रथम कम्युनिष्ट प्रधानमन्त्री तथा बृद्ध भत्ताका संस्थापक मनमोहन अधिकारीका परिवारको समर्थन प्रचण्ड नेपाल समुहको नेकपालाई रहेको पाइएको छ ।
स्व मनमोहन अधिकारीका छोरा प्रकाश अधिकारीले आज पत्रकारहरु सँग कुरा गर्दै क केपी ओलीको गलत कार्यले गर्दा आज कम्युनिष्ट पार्टी र देशले निकै ठुलो समस्या झेल्नुपरेको वताउँदै तेस्तो गलत बाटोमा आफुहरु हिन्न नसक्ने वताए । अहिलेको मुख्य समस्या पार्टी बिचार र बहुमतको निर्णय नमान्ने र स्वछाचारी ढंगले अगाडी बढ्न चाहने गलत मनसायले आएको भन्दै ओली सरकारले जनतालाई ठ्ट्टा मजाक मात्र दिएको पनि वताएका छन ।
अर्को एक प्रसंगमा उनले ओली सरकारको पालामा निकै ठुला भ्रष्टाचार भएको समेत खुलासा गरेका छन साथै अझै पनि पार्टी एकता जोगाउन सबै नेता कार्यकर्ता एकजुट हुनुपर्ने र नया युवा हरुलाई नेतृत्व दिएर यी झगडा गरेर बस्ने र पार्टी फुटाउने नेताहरुलाई बिदाई गर्नुपर्ने समेत वताएका छन ।सबैलाई अबगत नै छ २०५१ साल मा मनमोहन अहिकारीको नौ महिने प्रधानमन्त्री काल मा बृद्धभत्ताको सुरुवात भएको थियो र त्यसै कारण नेपाल मा अहिले सम्म कम्युनिष्ट पार्टी बिशेष गरी तत्कालिन नेकपा एमालेलाई चुनाबमा भोट माग्न सजिलो भएको थियो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !