- दाङ, पुस १८ गते सनिवार ।।
- जनप्रभाव / सुरेश श्रेष्ठ
दाङमा वन अधिकृतकै मिलोमतोमा खुलेआम काठ तस्करी भैरहेको छ । दाङको पश्चिम क्षेत्रमा काठ तस्करीका घटना हुनु सामान्यजस्तै मानिन्छन् तर संरक्षकको जिम्मा बोकेका राज्यका निकायहरुकै मिलोमतोमा खुलेआम रुखहरू काटिएका घटना दिनहुँ बढ्दै जाँदा सर्वसाधारणहरु चिन्तित बन्दै गैरहेका छन् ।
उनीहरुले फिल्डमा पुगेका सञ्चारकर्मिहरुसँग राज्यको उपस्थिति हुँदाहुँदै तस्करसँग मिलेर वन विनाश गर्ने अधिकारिहरुमाथि कडा कारबाही गर्न माग समेत गरेका छन् ।
मगंलबार शान्तिनगर गाउँपालिकास्थित अँधेरेको जंगलमा पत्रकारको टोली पुग्दा तीनवटा सिमलका रुखहरू काटिएको अवस्थामा फेला परे भने अन्य दुई रुखमा समेत कामदारहरुले आरा लगाइरहेका थिए ।
स्थानीय बासीका अनुसार दङगिशरण सब डिभिजन वन कार्यालय श्रीगाउँका कार्यालय प्रमुख वन अधिकृत दयाराम पौडेलको आदेशमा रुखहरु काट्न सुरु गरिएको थियो । स्थानीय डिल्लिराज काफ्लेका अनुसार कार्यालय प्रमुख आफै फिल्डमा आएर सोधपुछ गर्नुभएको थियो ।
सामान्यतया २३ प्रजातिका भन्दा बाहिरका रुखहरू कटान गर्दा आदेश, टाचा र छपान गर्नुपर्ने सामान्य नियमको पालना गर्नुपर्ने हुन्छ । तर कार्यालय प्रमुखले नै आर्थिक प्रलोभनमा परी ठाडो आदेशमा जथाभावी रूखहरु कटान गर्न आदेश दिएको भन्दै स्थानीय आक्रोशित बनेका छन् ।
स्थानीय घटना बाहिरिएसँगै पच्चिस हजारमा तीनवटा मात्रै रुख बिक्री गरेको भन्ने रेडिमेड जवाफ फर्काउन समेत कार्यालय प्रमुख फिल्डमै गएर स्थानीयलाई फकाएका थिए ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !