-
पर्सा,पुस १८ गते सनिवार ।।
-
जनप्रभाव – सम्बादाता
सशस्त्रले सीमा सुरक्षा र भन्सार छली नियन्त्रणको जिम्मेवारी पाएको छ । सीमाबाट हुने चोरी तस्करी नियन्त्रणको जिम्मेवारी पाएको सशस्त्र प्रहरी बलका सीमा नाकाका अधिकारीहरुले आफ्नो उद्देश्य विपरीत तस्करहरुसँगै सेटिङ गदै लाभ लिने गरेका छन् । सीमानाकामा मुख्य जिम्मेवारी पाएका सशस्त्र प्रहरीको मिलोमतोमा पर्सा जिल्लाको छिपहरमाई गाउँपालिकाको टिहुकी भेडिहर्वा, मिर्जापुर, भलुवहीया नाकाबाट ब्यापकरुपमा तस्करी शुरु भएको छ । स्रोतका अनुसार पर्साको मिर्जापुर बीओपीमा सशस्त्रका घुमुवा असई शिवलाल यादवले तस्करहरुसँग सेटिङ गरी निर्वाधरुपमा भारतबाट लत्ताकपडा, खाद्यान्न, हार्डवेयर, इलेक्ट्रोनिक पाट्र्स, गाडीको पाट्र्स भित्र्याउन छुट दिने गरेका छन् ।
नेपालबाट मदिरा, केराउ, मरिच र छोगडा, खुखरी चुरोट, भैंसी भारततर्फ तस्करी गर्न छुट दिएका छन् । २ नम्बर प्रदेशका डीआइजी चन्द्रप्रकाश गौतमले कमाण्ड सम्हालेपछि कृष्णभक्त ब्रम्हचार्यका पालामा राखिएका बदनाम घुमुवा तानेर रिफ्रेस तालिममा पठाए । तर पर्साको मिर्जापुर नाकाका घुमुवा असई यादवको बारेमा धेरै नै गुनासो आए पनि उनले अहिलेसम्म पनि तानेका छैनन् ।
खुलेआम तस्करी हुँदा पनि सशस्त्र प्रहरीले असई यादवलाई कारवाही गरेको छैन । सशस्त्र प्रहरी बल नेपाल बेस क्याम्प मिर्जापुरमा आएका निरीक्षक कृष्ण अधिकारीले पनि घुमुवा यादवबाट लाभ लिएर उनलाई संरक्षण गरेका छन् । असई यादवले तस्करसँग सेटिङ गरेको थाहा पाए पनि घुुमुवाबाट हटाइएको छैन । यादवले सेटिङ मिलाएर तस्करीको लाइन दिने गरेका छन् । घुमुवा यादवले राति आफै सीमामा गएर भारतबाट लत्ताकपडादेखि भैसी र रक्सी सीमा वारपार गराउने गरेका छन् । असई यादवले एउटा भैंसीको १ हजार र एक राँगाबराबर ५ सय रुपैयाँ घुस लिने गरेको आरोप छ ।
भारतको बिहारमा रक्सी निषेध भएकाले हरेक रात नेपालबाट लाखौ लाख मूल्यको मदिरा भारततर्फ तस्करी भइरहेको छ । स्रोतका अनुसार मिर्जापुर र तिहुकी गरी ५ वटा घरमै उत्पादन हुने रक्सी उत्पादन गर्ने कारखाना संचालन गरिएको छ । एक रक्सी उत्पादकसँग ३ हजार रुपैयाँको दरले घुस यादवले उठाउने गरेका छन् । तस्करीको लाइन दिने र तस्करहरूबाट रकम उठाउने काम बीओपीका निरीक्षक अधिकारीले राखेका घुमुवा यादवले गरिरहेका छन् ।
यादव लामो समयदेखि पर्सामा घुमुवा रहेका छन् । उनको सबै ब्यापारीदेखि तस्करसंग नजिकको सम्बन्ध र उठबस भएको प्रहरीहरू नै बताउँछन् । घुमुवा यादव जहाँ कार्यरत रहे पनि हाकिमलाई पनि घुसको भागबण्डा दिएर प्रलोभनमा पारी जसरी भए पनि खुशी पारेर उनी अधिकांश सबै ठाउमा घुमुवाकै रुपमा परिचालित हुने गरेका छन् ।
बारा घर भएका घुमुवा यादव प्रहरीमा सेवाप्रवेशदेखि नै उनी पर्सामै घुुमुवाका रुपमा कार्यरत छन् । उनी प्रायः जसो बोर्डरमा पावर लगाएर बसेका छन् । हवल्दार हुँदा पर्साको छिपहरमाई गाउँपालिकामा पर्ने भिष्वा बीओपीमा कर्यरत रहँदा घुमुवाको रुपमै काम गरेका थिए । त्यहाँ पनि धेरै बदनाम भएकै करण उनलाई जिल्ला तानिएको थियो तर उनी फेरि पावर लगाएर त्यही बीओपीको ठीक १ किलोमिटरको दूरीमा रहेका धोबिनी गाउँपालिकाको भिखमपुर बीओपीमा आउन सफल भए । भिखमपुरमा पनि उनी घुमुवा भएर नै बसे । त्यहाँ पनि उनको बारेमा धेरै गुनासो आएको थियो । उनी फेरि त्यहाँबाट बदनाम भएपछि जिल्ला तानिएको थियो र लकडाउनकै समयमा उसको बढुवा भयो । असईमा बढुवा भएर उनी केही महिना तालिमका लागि गए । तालिम सकेपछि फेरि उनी सिधै छिपहरमाई गाउँपालिकाको मिर्जापुरमा इन्चार्जको रुपमा आउन सफल भएका हुन् ।
उनी आएपछि मिर्जापुरमा भैंसी तस्करी निकै चर्चामा आएको थियो । गएको कार्तिक २३ मा बीओपीको स्थापन भयो र इन्स्पेक्टर कार्यालय प्रमुख भए । उनी इन्स्पेक्टरको मातहत आउनुपर्यो । उनी त्यसपछि हाकिमलाई खुशी पारेर घुमुवाकै रुपमा परिचालन छन् । सशस्त्र प्रहरी संगठनमा यादव जस्ता एकाध पात्र छन्, जो दर्जामा कनिष्ट भए पनि चलखेलका हिसाबले डीआइजीको भन्दा बढी सम्पत्ति कमाइसकेका छन् । तिनैमध्येमा पर्दछन्, यादव । उनी सशस्त्रका त्यस्ता कनिष्ट अधिकारी हुन्, जसले चाहेको र रोजेको ठाउँमा बस्न अवसर पाएको र जागिर खाएदेखि नै असईसम्म घुमुवा नै बस्न सफल छन् ।
असई यादव नेपाल सारकारको कार्मचारी भएर नेपालको राजस्व नतिरी भारतीय मोटरसाइकलमा चढ्ने गर्छन् । मिर्जापुरका स्थानीय प्रश्न गर्छन्–के उनलाई नियम कानुन लाग्दैन ? सशस्त्र प्रहरी बल २ नम्बर बाहिनीमा डिआईजी चन्द्रप्रकाश गौत्तमको आगमन हुनसाथ प्रदेश नम्बर २ का सबै जिल्लाहरुबाट घुमुवाहरुलाई तानी कारवाही गरिरहे पनि यादवलाई भने अहिलेसम्म तानिएको छैन ।
डिआईजी गौतमले सबै घुमुवाहरुलाई तानी कारवाही गरिरहे पनि यादवहरु राजनीतिक शक्तिको दबाबमा तानिएका छैनन् । सशस्त्रका असई यादव सादा पोशाकमै खटिने गरेको सशस्त्र प्रहरी स्रोतले जनाएको छ । सीमानाकामा हुने गरेको तस्करी गतिविधि बन्द गराउने र देशको राजस्व बढाउने नाममा खटिने गरेको सशस्त्र प्रहरी संगठनभित्रै रहेका यस्ता बदनाम प्रहरीले गर्दा संगठनकै नाम बदनाम भएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !