Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

पर्साका सीमानाकाबाट व्यापक तस्करी हुँदै सशस्त्रका हाकिम घुमुवा राख्दै असुल्दै

  • पर्सा,पुस १८ गते सनिवार ।।

  • जनप्रभाव – सम्बादाता

सशस्त्रले सीमा सुरक्षा र भन्सार छली नियन्त्रणको जिम्मेवारी पाएको छ । सीमाबाट हुने चोरी तस्करी नियन्त्रणको जिम्मेवारी पाएको सशस्त्र प्रहरी बलका सीमा नाकाका अधिकारीहरुले आफ्नो उद्देश्य विपरीत तस्करहरुसँगै सेटिङ गदै लाभ लिने गरेका छन् । सीमानाकामा मुख्य जिम्मेवारी पाएका सशस्त्र प्रहरीको मिलोमतोमा पर्सा जिल्लाको छिपहरमाई गाउँपालिकाको टिहुकी भेडिहर्वा, मिर्जापुर, भलुवहीया नाकाबाट ब्यापकरुपमा तस्करी शुरु भएको छ । स्रोतका अनुसार पर्साको मिर्जापुर बीओपीमा सशस्त्रका घुमुवा असई शिवलाल यादवले तस्करहरुसँग सेटिङ गरी निर्वाधरुपमा भारतबाट लत्ताकपडा, खाद्यान्न, हार्डवेयर, इलेक्ट्रोनिक पाट्र्स, गाडीको पाट्र्स भित्र्याउन छुट दिने गरेका छन् ।

नेपालबाट मदिरा, केराउ, मरिच र छोगडा, खुखरी चुरोट, भैंसी भारततर्फ तस्करी गर्न छुट दिएका छन् । २ नम्बर प्रदेशका डीआइजी चन्द्रप्रकाश गौतमले कमाण्ड सम्हालेपछि कृष्णभक्त ब्रम्हचार्यका पालामा राखिएका बदनाम घुमुवा तानेर रिफ्रेस तालिममा पठाए । तर पर्साको मिर्जापुर नाकाका घुमुवा असई यादवको बारेमा धेरै नै गुनासो आए पनि उनले अहिलेसम्म पनि तानेका छैनन् ।

खुलेआम तस्करी हुँदा पनि सशस्त्र प्रहरीले असई यादवलाई कारवाही गरेको छैन । सशस्त्र प्रहरी बल नेपाल बेस क्याम्प मिर्जापुरमा आएका निरीक्षक कृष्ण अधिकारीले पनि घुमुवा यादवबाट लाभ लिएर उनलाई संरक्षण गरेका छन् । असई यादवले तस्करसँग सेटिङ गरेको थाहा पाए पनि घुुमुवाबाट हटाइएको छैन । यादवले सेटिङ मिलाएर तस्करीको लाइन दिने गरेका छन् । घुमुवा यादवले राति आफै सीमामा गएर भारतबाट लत्ताकपडादेखि भैसी र रक्सी सीमा वारपार गराउने गरेका छन् । असई यादवले एउटा भैंसीको १ हजार र एक राँगाबराबर ५ सय रुपैयाँ घुस लिने गरेको आरोप छ ।

भारतको बिहारमा रक्सी निषेध भएकाले हरेक रात नेपालबाट लाखौ लाख मूल्यको मदिरा भारततर्फ तस्करी भइरहेको छ । स्रोतका अनुसार मिर्जापुर र तिहुकी गरी ५ वटा घरमै उत्पादन हुने रक्सी उत्पादन गर्ने कारखाना संचालन गरिएको छ । एक रक्सी उत्पादकसँग ३ हजार रुपैयाँको दरले घुस यादवले उठाउने गरेका छन् । तस्करीको लाइन दिने र तस्करहरूबाट रकम उठाउने काम बीओपीका निरीक्षक अधिकारीले राखेका घुमुवा यादवले गरिरहेका छन् ।

यादव लामो समयदेखि पर्सामा घुमुवा रहेका छन् । उनको सबै ब्यापारीदेखि तस्करसंग नजिकको सम्बन्ध र उठबस भएको प्रहरीहरू नै बताउँछन् । घुमुवा यादव जहाँ कार्यरत रहे पनि हाकिमलाई पनि घुसको भागबण्डा दिएर प्रलोभनमा पारी जसरी भए पनि खुशी पारेर उनी अधिकांश सबै ठाउमा घुमुवाकै रुपमा परिचालित हुने गरेका छन् ।

बारा घर भएका घुमुवा यादव प्रहरीमा सेवाप्रवेशदेखि नै उनी पर्सामै घुुमुवाका रुपमा कार्यरत छन् । उनी प्रायः जसो बोर्डरमा पावर लगाएर बसेका छन् । हवल्दार हुँदा पर्साको छिपहरमाई गाउँपालिकामा पर्ने भिष्वा बीओपीमा कर्यरत रहँदा घुमुवाको रुपमै काम गरेका थिए । त्यहाँ पनि धेरै बदनाम भएकै करण उनलाई जिल्ला तानिएको थियो तर उनी फेरि पावर लगाएर त्यही बीओपीको ठीक १ किलोमिटरको दूरीमा रहेका धोबिनी गाउँपालिकाको भिखमपुर बीओपीमा आउन सफल भए । भिखमपुरमा पनि उनी घुमुवा भएर नै बसे । त्यहाँ पनि उनको बारेमा धेरै गुनासो आएको थियो । उनी फेरि त्यहाँबाट बदनाम भएपछि जिल्ला तानिएको थियो र लकडाउनकै समयमा उसको बढुवा भयो । असईमा बढुवा भएर उनी केही महिना तालिमका लागि गए । तालिम सकेपछि फेरि उनी सिधै छिपहरमाई गाउँपालिकाको मिर्जापुरमा इन्चार्जको रुपमा आउन सफल भएका हुन् ।

उनी आएपछि मिर्जापुरमा भैंसी तस्करी निकै चर्चामा आएको थियो । गएको कार्तिक २३ मा बीओपीको स्थापन भयो र इन्स्पेक्टर कार्यालय प्रमुख भए । उनी इन्स्पेक्टरको मातहत आउनुपर्यो । उनी त्यसपछि हाकिमलाई खुशी पारेर घुमुवाकै रुपमा परिचालन छन् । सशस्त्र प्रहरी संगठनमा यादव जस्ता एकाध पात्र छन्, जो दर्जामा कनिष्ट भए पनि चलखेलका हिसाबले डीआइजीको भन्दा बढी सम्पत्ति कमाइसकेका छन् । तिनैमध्येमा पर्दछन्, यादव । उनी सशस्त्रका त्यस्ता कनिष्ट अधिकारी हुन्, जसले चाहेको र रोजेको ठाउँमा बस्न अवसर पाएको र जागिर खाएदेखि नै असईसम्म घुमुवा नै बस्न सफल छन् ।

असई यादव नेपाल सारकारको कार्मचारी भएर नेपालको राजस्व नतिरी भारतीय मोटरसाइकलमा चढ्ने गर्छन् । मिर्जापुरका स्थानीय प्रश्न गर्छन्–के उनलाई नियम कानुन लाग्दैन ? सशस्त्र प्रहरी बल २ नम्बर बाहिनीमा डिआईजी चन्द्रप्रकाश गौत्तमको आगमन हुनसाथ प्रदेश नम्बर २ का सबै जिल्लाहरुबाट घुमुवाहरुलाई तानी कारवाही गरिरहे पनि यादवलाई भने अहिलेसम्म तानिएको छैन ।

डिआईजी गौतमले सबै घुमुवाहरुलाई तानी कारवाही गरिरहे पनि यादवहरु राजनीतिक शक्तिको दबाबमा तानिएका छैनन् । सशस्त्रका असई यादव सादा पोशाकमै खटिने गरेको सशस्त्र प्रहरी स्रोतले जनाएको छ । सीमानाकामा हुने गरेको तस्करी गतिविधि बन्द गराउने र देशको राजस्व बढाउने नाममा खटिने गरेको सशस्त्र प्रहरी संगठनभित्रै रहेका यस्ता बदनाम प्रहरीले गर्दा संगठनकै नाम बदनाम भएको छ ।

संगठनको छविको धज्जी उडाउँदै पावरको गलत प्रयोग गरी यादवले बर्दीलाई कमाई खाने भाँडो बनाएका छन् ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न
जनप्रभाबन्युज विशेष

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

2 months पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान
जनप्रभाबन्युज विशेष

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

2 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’
जनप्रभाबन्युज विशेष

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

3 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

3 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

4 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

4 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh