Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

हेटौँडा-पथलैया सडक खण्डमा गाडीको ठक्करले बाघको मृत्यु, यसको असर किन ठूलो छ ?

  • पर्सा, पुस १८ गते सनिवार ।।
  • जनप्रभाव – सम्बादाता

आज बिहान हेटौँडा-पथलैया सडक खण्डमा एउटा झन्डै १० वर्षको पोथी बाघको कारको ठक्करबाट मृत्यु भएको पर्सा राष्ट्रिय निकुञ्जका अधिकारीले बताएका छन्। निकुञ्जका सहायक संरक्षण अधिकृत रमेशकुमार यादवले भने: “बाघको प्रजनन प्रक्रिया जटिल हुन्छ र आज मृत्यु भएको बाघ बच्चा जन्माउन सक्ने पूर्ण वयस्क उमेरको भएकाले यो ठूलो क्षति हो।”

विश्वमा दुर्लभ मांसाहारी स्तनधानी प्राणीमध्येको पाटेबाघको सङ्ख्या नेपालमा सन् २०१८ गरिएको पछिल्लो गणनामा २३५ पाइएको थियो। जसमध्ये पर्सा निकुञ्जमा १८ वटा पाइएका थिए। “चितवन, पर्सा र भारतको वाल्मीकि क्षेत्र बाघको वासस्थानको लागि राम्रो मानिएकाले यहाँ बाघको आउजाउ समेत हुने गर्छ,” यादव थप्छन्। “तर ती आउजाउ गर्ने साँघुरा बाटोमा भएको औद्योगीकरण र व्यस्त सडकले उनीहरू असुरक्षित हुने गरी नकारात्मक प्रभाव पारेको छ।”

बाघ संरक्षणमा नेपालले सफलता हात पार्नुका कारणहरू

  • पाटे बाघको संख्या:दोबर बनाउने बाटोमा
  • यसको असर के हुन्छ?

पर्साको पूर्वी भेग पछिल्लो समय प्रजननयोग्य उमेरका बाघको नयाँ वासस्थान क्षेत्रको रूपमा विकास भइरहेको पाइएको विज्ञहरू बताउँछन्। उनीहरूका अनुसार भाले बाघले आहाराको सम्भावनाबीच नयाँ-नयाँ ठाउँमा आफ्नो वासस्थान पहिचान गर्ने गर्छ।

र पोथीलाई त्यहाँ आकर्षित गर्ने एवम् पोथीले समेत बच्चा जन्माउन र हुर्काउन सुरक्षित महसुस गरेमा त्यहाँ स्थायी बसोबासको क्रम सुरु हुन्छ। बाघ विज्ञ डा. झमकबहादुर कार्की भन्छन्: “यो लामो समय लाग्ने प्रक्रिया भएकाले अब भाले अर्को पोथी खोजेर बच्चा जन्माउने काम निकै ढिलो हुनसक्छ।” “बच्चा हुर्काउँदै गरेको पोथी भए समेत त्यसको असर ठूलो हुन्छ।”

‘बाघ संरक्षणमा वासस्थान मुख्य चुनौती’

पछिल्लो एक दशकमा नेपालले बाघको सङ्ख्या झन्डै दोबर नजिक पुर्‍याएको भन्दै त्यसलाई संरक्षणको एउटा नमुनाका रूपमा लिने गरिन्छ। खास गरी पाटेबाघ पाइने एसियाका १३ देशहरूले सन् २०२२ सम्म बाघको सङ्ख्या सन् २०१० को तुलनामा दोबर पार्ने लक्ष्य राखेका थिए।

बाघविज्ञ कार्की थप्छन्, “विश्वभर ४,००० भन्दा कमको सङ्ख्यामा यस्ता बाघ रहँदा नेपालले उक्त लक्ष्यको नजिक पुगिसकेको छ। तर यस्ता घटनाले संरक्षण क्षेत्रमा राम्रो सन्देश जाँदैन।” एक दशकअघि पर्सामा बाघको नगण्य उपस्थिति पाइने बताइँदै पछिल्लो वासस्थान फैलावट हुनुलाई संरक्षणकर्मीले चासोपूर्वक हेरेका थिए।

जोगाउने उपाय के?

नेपालमा खास गरी तराईमा अवस्थित संरक्षण क्षेत्रमा ठूला राजमार्ग र उद्योगहरू रहनुले जङ्गली जनावरहरू समय-समयमा दुर्घटनाको सिकार बन्ने गरेका छन् । वन्यजन्तु अनुसन्धानकर्ता कुमार पौडेल भन्छन्: “चाहे सिकारीको हातबाट होस् वा भूलवश भएकै दुर्घटनाबाट हुने वन्यजन्तुको मृत्यु पर्यावरणले व्यहोर्ने क्षति एउटै हो भनेर संरक्षणका प्रयासहरू हुनुपर्छ।”

नेपालमा पछिल्लो समय संरक्षित वन्यजन्तुको चोरीसिकारमा निकै नियन्त्रण आएको बताइए पनि वासस्थान असुरक्षित भएर मृत्यु हुने क्रम बढेको भन्दै चिन्ता बढेका छन्।

“कार्यान्वयन गर्नुपर्ने भनेको सामान्य रूपमै जङ्गलछेउका ठूला सडकछेउमा काँडेतार लगाउने र बाटोमुनि वा माथिबाट जनावरहरू वारपार गर्ने उपायलाई नै हो,” अनुसन्धानकर्ता पौडेल भन्छन्। “नेपालमा अझै सडक वा रेलमार्ग जस्ता ठूला परियोजना अगाडि बढ्ने क्रममा छन्। यी विषयलाई अब ती योजनाकै अङ्ग बनाउनुको विकल्प छैन।”

गाडीको गति नियन्त्रणका लागि संरक्षण क्षेत्र पर्ने जङ्गल क्षेत्रको एउटा विन्दुबाट पुग्ने समय हेरेर नियन्त्रण गर्ने ‘टाइम कार्ड’को उपाय केही ठाउँमा सुरु गरिएको भए पनि त्यसको कार्यान्वयन पक्ष कमजोर भएको बताइन्छ। पर्सा निकुञ्जका यादव भन्छन्: “पर्सा ठूलो औद्योगिक कोरिडोर भएको क्षेत्र भएकाले बिस्तारै गाडी चलाउँदा जाम हुनेजस्ता कारण देखाउँदै गति नियन्त्रणको विषय यहाँ ओझेलमा परेको छ।”

उनका अनुसार दुई साताअघि मात्र बाटो काट्ने क्रममा एउटा गर्भवती चित्तल दुर्घटनामा परेको थियो भने गत वर्ष एउटा बाघ बाटो काट्ने क्रममा घाइते भएको थियो।विगत पाँच वर्षमा मात्र नेपालमा कम्तीमा तीन बाघको सडक दुर्घटनाका कारण मृत्यु भएका विवरण छन्।
जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न
जनप्रभाबन्युज विशेष

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

4 months पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान
जनप्रभाबन्युज विशेष

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

5 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’
जनप्रभाबन्युज विशेष

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

5 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

6 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

7 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

7 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh