- काठमाडौं , पुस १६ गते बिहीबार ।।
- जनप्रभाव – सम्बादाता
प्रशासनको मिलिमताेमा भारतबाट अवैध ढंगले कुखुराको तस्करी हुदै आएकाे छ। प्रहरी सेटिङमा तस्करी भैरहेको समाचार हामीले बारम्बार प्रकाशित गर्दै सम्वन्धित निकायमा जानकारी गराउदै आएपनि त्यसको कुनै सुनुवाइ भएको छैन ।
यस्तै तस्करीको थप समाचार हामीलाई प्राप्त भएको छ।बुधबार पनि रामग्राम नगरपालिका १६ हकुही चाेकमा झण्डै दुई क्विन्टल कुखुरा अवैध तरिकाले भारतबाट अाएकाे थियो । उक्त कुखुरा अस्थायी प्रहरी चाैकी ताेनवाका प्रमुख सई शेर बहादुर नेपालीले जिल्ला प्रहरी कार्यालयमा जाहेर नगरी रकम लिएर छाेडीदिएका छन् ।उक्त कुखुरा रामग्राम निवासी हाइदार,अलिकाे भएको समेत खुलेको छ।
उनिबाट मासिक रूपमा सईले ५ हजार र हवल्दार ऋषि राम अर्यालले ५ सय लिदै तस्करीको सेटिङ मिलाएकोमा यसपटक रकम दिन ढिला गरेपछि पक्राउ गरि तर्साउने गरि छाेडेकाे समेत स्थानीय बताउँछन् । सई नेपाली र हवल्दार यादवको सेटिङमा तस्करीको लाइन पाउनेहरूमा हैदार अलि, गाेपी खान , पप्पु यादव, मलखान खान लगायतका छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !