Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

अध्यागमन र प्रशासनको सेटिङमा भिजिट भिसामा बैदेशिक रोजगारीमा जानेको लर्को


  1. मापदण्ड बन्यो थप घुस असुल्ने अस्त्र

  1. प्रशासनमा पनि सेटिङ

  1. भिजिट भिसामा जानेहरु असुरक्षित


  • काठमाडौ, पुस १६ गते बिहीबार ।।
  • जनप्रभाव – सम्बादाता


त्रिभुवन अन्तर्रास्ट्रिय बिमानस्थल अध्यागमन कार्यालयका कर्मचारी, म्यानपावर ब्यवसायी र दलालको सेटिङमा दैनिक जसो भिजिट भिसामा बैदेशिक रोजगारीमा दुबई जाने क्रम रोकिन सकेको छैन । आज पनि ६५ जना नेपाली युवा भिजिट भिसामा वैदेशिक रोजगारीमा जानेगरी अध्यागमनका कर्मचारीले सेटिङ गरेका थिए । तर सूचना चुहिएका कारण आज उनीहरुलाई साँझ ७ बजेको उडानबाट अध्यागमनका कर्मचारीले पठाउन सकेनन् । दुवई जानका लागि टिकट लिइसकेपछि सूचना चुहिएकाले पठाउन नसकिने जानकारी दलालहरुलाई अध्यागमनका कर्मचारीले गराएका थिए । आजै रातिको ९ बजे वा त्यसपछि उडाउने तारतम्य अध्यागमनका कर्मचारीले मिलाएका छन् ।

मापदण्ड बन्यो थप घुस असुलीको अस्त्र

विगत कात्तिकदेखि केही म्यानपावर, दलाल र अध्यागमनका कर्मचारीले दैनिक ५० जनाभन्दा बढी नेपालीलाई भिजिट भिसामा बैदेशिक रोजगारीमा पठाउने गरेका छन् । सोमबार त ५ सय जना नै उडाउने तयारीमा अध्यागमनसँग सेटिङ भएको थियो । सो दिन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका प्रमुख गौलोचन संैजु बिदामा थिए । निमित्त कार्यालय प्रमुख सुशील वैद्य पोखरेल थिए । जो काठमाडौंका डिल्लीबजार, साँखु जस्ता मालपोत कार्यालयमा सरकारी सार्वजनिक जग्गा गैरकानुनी रुपमा दर्ता गरी अकूत सम्पत्ति कमाउनेमा पर्दछन् । उनी रामबहादुर थापा गृहमन्त्री भएपछि अध्यागमनमा सरुवा भएका थिए । कार्यालय प्रमुख सैजु बिदामा बसेको दिन उनीहरुले करिब ५ सय जना भिजिट भिसामा बैदेशिक रोजगारीमा दुवईमा पठाउन लागेका थिए ।

भिजिट भिसामा जाने कामदार लिनका लागि एयर अरेबियाको विमान नै ल्याइएको थियो । तर गृहमन्त्रालयदेखि सबैतिर भिजिट भिसामा ठूलो रकम घुस खाएर कामादार बैदेशिक रोजगारीमा पठाउन लागेको सूचना पुगेपछि निगरानी बढाएको थाहा पाएर म्यानपावर र दलालहरुलाई भनी उनीहरुलाई फर्काइयो । सोमबार साँझ ७ बजेको फ्लाइटमा केही भिजिट भिसाा बाहक दुवई गए । राति २ बजे पनि केहीलाई उडाइयो । तर भिजिट भिसामा जाने कामदार लिन आएको एयर अरेबियाको जहाज भने रित्तैजस्तो फर्किएको विमानस्थल स्रोत बताउँछ ।

प्रतिकामदार ६५ हजार घुस लिएर भिजिट भिसामा दुवई उडाउने गरिएको समाचार नेपालफेससहितका संचारमाध्यमले सार्वजनिक गरेपछि गृहमन्त्रालयले अंग्रेजी जानेको, एसएलसी पास गरेको र साथमा १ हजार अमेरिकी डलर बोकेको हुनुपर्ने मापदण्ड बनाएको प्रचार गर्यो । भिजिट भिसामा बैदेशिक रोजगराीमा पठाएको आरोपमा अध्यागमनका १५ अधिकृत गृहमन्त्रालयमा तानिए । अध्यागमनका कर्मचारीका लागि अंग्रेजी जानेको र एसएलसी पास गरेको हुनुपर्ने मापदण्ड थप घुस असुलीको माध्यम भयो । ६५ हजार रुपैयाँमा जाने गरेका युवाहरुलाई अग्रेजी जानेको बनाउन २० हजार र एसएलसी पास नगरेकालाई गरेको भनेर लेख्न थप २० हजार घुस अध्यागमनका कर्मचारीलाई बुझाउनुपर्ने भयो । स्रोतका अनुसार एक युवाले अध्यागमनमा मात्रै ९५ हजारा घुस भिजिट भिसामा जानका लागि बुझाउनुपर्ने भयो ।

डलर अध्यागमनदेखि विमानको ढोकासम्म बोक्न दिने र विमानभित्र पसिसकेपछि दलालले फिर्ता गर्नेगरी तारतम्य मिलाएर भिजिट भिसामा कामदार दुबई पठाउने क्रम रोकिएन । घुसको भाउमात्र बढ्यो । जबकि अंग्रेजी जानेको, एसएलसी पास गरेको र १ हजार डलर साथमा बोकेको हुनुपर्ने प्रावधान नल्याएसम्म युवाहरु ६५ हजार घुसमा दुवईमा रोजगारीका लागि भिजिट भिसा देखाएर जाने गरेका थिए ।

प्रशासनमा पनि सेटिङ

अध्यागमनका कर्मचारीमात्र होइन, भिजिट भिसामा बैदेशिक रोजगारीमा दुवईमा युवाहरुलाई पठाउने कार्यमा विमानस्थल प्रहरीको समेत सेटिङ भएको छ । घुम्न जाने र बैदेशिक रोजगारीमा जानेहरु प्रहरीले सहजै पहिचान गरी विमानस्थलको प्रस्थान( डिपार्चर)बाटैछिर्न दिंदैन । प्रहरीले सेटिङ नमिलेसम्म छिर्न दिएको पनि थिएन । तर सेटिङ मिलिसकेपछि पछिल्ला दिनमा खुरुखुरु भिजिट भिसामा नेपाली युवाहरु बैदेशिक रोजगारीमा जान प्रहरीले छुट दिएको छ । नेपाली युवासँग प्रतिब्यक्ति २ लाख लिने र अध्यागमन र प्रहरी मिलाउन ९५ हजार खर्च गरी १ लाख ५ हजार म्यानपावर र दलालले लिने गरेका छन् । विमानस्थल प्रहरीका प्रमुख एसएसपी राजेशनाथ बाँस्तोलालाई सेटिङको भाग पुगेपछि अहिले बैदेशिक रोजगारीमा जान लागेको थाहा भए पनि रोकिंदैन ।

भिजिट भिसामा जानेहरु असुरक्षित

बैदेशिक रोजगारीमा जाने युवाहरु भिजिट भिसामा जाँदा असुरक्षित हुन्छन् । दुवई पुगेपछि उनीहरुले म्यानपावरबाट बैधानिक रुपमा जानेले जस्तो काम पाउँदैनन् । भिजिट भिसामा लाने म्यानपावर वा दलालहरुले दुबईमा लगेपछि कम्पनी खोज्छन् । कम्पनी खोजेर काम लगाउने गर्दछन् । जति तलव दिए पनि काम गर्नुपर्ने बाध्याता कामदारलाई हुन्छ । भिजिट भिसामा गएकाहरुले कानुनी उपचार समेत खोज्न गाह्रो हुन्छ । यस्तो जोखिम हुने जान्दाजान्दै पनि बेरोजगारीका कारण २ लाख ५० हजार रुपैयाँसमेत तिरेर नेपालीहरु जाने गरेका छन् । बासुदेव पौडेल

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

मधेस प्रदेशका मुख्यमन्त्री सिंहले प्रदेश सभाको रोष्टमबाटै दिए राजीनामा
जनप्रभाबन्युज विशेष

मधेस प्रदेशका मुख्यमन्त्री सिंहले प्रदेश सभाको रोष्टमबाटै दिए राजीनामा

2 months पहिले
विभिन्न कारागारबाट भागेका तीन जना कैदिबन्दी सिरहाको भारतीय सीमाक्षेत्रबाट पक्राउ
जनप्रभाबन्युज विशेष

विभिन्न कारागारबाट भागेका तीन जना कैदिबन्दी सिरहाको भारतीय सीमाक्षेत्रबाट पक्राउ

3 months पहिले
कुलिङ पिरियडबारे सभापति खतिवडाको राजीनामाले मात्र हुँदैन : सांसद प्रधान
जनप्रभाबन्युज विशेष

कुलिङ पिरियडबारे सभापति खतिवडाको राजीनामाले मात्र हुँदैन : सांसद प्रधान

4 months पहिले
नागरिकता आमाको नामबाट लिन सकिन्छ भन्ने समाजले बुझ्न थाल्यो : गृहमन्त्री लेखक
जनप्रभाबन्युज विशेष

नागरिकता आमाको नामबाट लिन सकिन्छ भन्ने समाजले बुझ्न थाल्यो : गृहमन्त्री लेखक

4 months पहिले
मधेस प्रदेश प्रहरीको भवन उद्घाटन गर्न प्रधानमन्त्री ओली जनकपुर आउँदै
जनप्रभाबन्युज विशेष

मधेस प्रदेश प्रहरीको भवन उद्घाटन गर्न प्रधानमन्त्री ओली जनकपुर आउँदै

4 months पहिले
कारागार व्यवस्थापन विभागका महानिर्देशक फेरिए
जनप्रभाबन्युज विशेष

कारागार व्यवस्थापन विभागका महानिर्देशक फेरिए

4 months पहिले

ताजा समाचार

मधेस प्रदेशका मुख्यमन्त्री सिंहले प्रदेश सभाको रोष्टमबाटै दिए राजीनामा

मधेस प्रदेशका मुख्यमन्त्री सिंहले प्रदेश सभाको रोष्टमबाटै दिए राजीनामा

2 months पहिले
विभिन्न कारागारबाट भागेका तीन जना कैदिबन्दी सिरहाको भारतीय सीमाक्षेत्रबाट पक्राउ

विभिन्न कारागारबाट भागेका तीन जना कैदिबन्दी सिरहाको भारतीय सीमाक्षेत्रबाट पक्राउ

3 months पहिले
कुलिङ पिरियडबारे सभापति खतिवडाको राजीनामाले मात्र हुँदैन : सांसद प्रधान

कुलिङ पिरियडबारे सभापति खतिवडाको राजीनामाले मात्र हुँदैन : सांसद प्रधान

4 months पहिले
नागरिकता आमाको नामबाट लिन सकिन्छ भन्ने समाजले बुझ्न थाल्यो : गृहमन्त्री लेखक

नागरिकता आमाको नामबाट लिन सकिन्छ भन्ने समाजले बुझ्न थाल्यो : गृहमन्त्री लेखक

4 months पहिले
मधेस प्रदेश प्रहरीको भवन उद्घाटन गर्न प्रधानमन्त्री ओली जनकपुर आउँदै

मधेस प्रदेश प्रहरीको भवन उद्घाटन गर्न प्रधानमन्त्री ओली जनकपुर आउँदै

4 months पहिले
कारागार व्यवस्थापन विभागका महानिर्देशक फेरिए

कारागार व्यवस्थापन विभागका महानिर्देशक फेरिए

4 months पहिले

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh