-
मापदण्ड बन्यो थप घुस असुल्ने अस्त्र
-
प्रशासनमा पनि सेटिङ
-
भिजिट भिसामा जानेहरु असुरक्षित
-
काठमाडौ, पुस १६ गते बिहीबार ।।
-
जनप्रभाव – सम्बादाता
त्रिभुवन अन्तर्रास्ट्रिय बिमानस्थल अध्यागमन कार्यालयका कर्मचारी, म्यानपावर ब्यवसायी र दलालको सेटिङमा दैनिक जसो भिजिट भिसामा बैदेशिक रोजगारीमा दुबई जाने क्रम रोकिन सकेको छैन । आज पनि ६५ जना नेपाली युवा भिजिट भिसामा वैदेशिक रोजगारीमा जानेगरी अध्यागमनका कर्मचारीले सेटिङ गरेका थिए । तर सूचना चुहिएका कारण आज उनीहरुलाई साँझ ७ बजेको उडानबाट अध्यागमनका कर्मचारीले पठाउन सकेनन् । दुवई जानका लागि टिकट लिइसकेपछि सूचना चुहिएकाले पठाउन नसकिने जानकारी दलालहरुलाई अध्यागमनका कर्मचारीले गराएका थिए । आजै रातिको ९ बजे वा त्यसपछि उडाउने तारतम्य अध्यागमनका कर्मचारीले मिलाएका छन् ।
मापदण्ड बन्यो थप घुस असुलीको अस्त्र
विगत कात्तिकदेखि केही म्यानपावर, दलाल र अध्यागमनका कर्मचारीले दैनिक ५० जनाभन्दा बढी नेपालीलाई भिजिट भिसामा बैदेशिक रोजगारीमा पठाउने गरेका छन् । सोमबार त ५ सय जना नै उडाउने तयारीमा अध्यागमनसँग सेटिङ भएको थियो । सो दिन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका प्रमुख गौलोचन संैजु बिदामा थिए । निमित्त कार्यालय प्रमुख सुशील वैद्य पोखरेल थिए । जो काठमाडौंका डिल्लीबजार, साँखु जस्ता मालपोत कार्यालयमा सरकारी सार्वजनिक जग्गा गैरकानुनी रुपमा दर्ता गरी अकूत सम्पत्ति कमाउनेमा पर्दछन् । उनी रामबहादुर थापा गृहमन्त्री भएपछि अध्यागमनमा सरुवा भएका थिए । कार्यालय प्रमुख सैजु बिदामा बसेको दिन उनीहरुले करिब ५ सय जना भिजिट भिसामा बैदेशिक रोजगारीमा दुवईमा पठाउन लागेका थिए ।
भिजिट भिसामा जाने कामदार लिनका लागि एयर अरेबियाको विमान नै ल्याइएको थियो । तर गृहमन्त्रालयदेखि सबैतिर भिजिट भिसामा ठूलो रकम घुस खाएर कामादार बैदेशिक रोजगारीमा पठाउन लागेको सूचना पुगेपछि निगरानी बढाएको थाहा पाएर म्यानपावर र दलालहरुलाई भनी उनीहरुलाई फर्काइयो । सोमबार साँझ ७ बजेको फ्लाइटमा केही भिजिट भिसाा बाहक दुवई गए । राति २ बजे पनि केहीलाई उडाइयो । तर भिजिट भिसामा जाने कामदार लिन आएको एयर अरेबियाको जहाज भने रित्तैजस्तो फर्किएको विमानस्थल स्रोत बताउँछ ।
प्रतिकामदार ६५ हजार घुस लिएर भिजिट भिसामा दुवई उडाउने गरिएको समाचार नेपालफेससहितका संचारमाध्यमले सार्वजनिक गरेपछि गृहमन्त्रालयले अंग्रेजी जानेको, एसएलसी पास गरेको र साथमा १ हजार अमेरिकी डलर बोकेको हुनुपर्ने मापदण्ड बनाएको प्रचार गर्यो । भिजिट भिसामा बैदेशिक रोजगराीमा पठाएको आरोपमा अध्यागमनका १५ अधिकृत गृहमन्त्रालयमा तानिए । अध्यागमनका कर्मचारीका लागि अंग्रेजी जानेको र एसएलसी पास गरेको हुनुपर्ने मापदण्ड थप घुस असुलीको माध्यम भयो । ६५ हजार रुपैयाँमा जाने गरेका युवाहरुलाई अग्रेजी जानेको बनाउन २० हजार र एसएलसी पास नगरेकालाई गरेको भनेर लेख्न थप २० हजार घुस अध्यागमनका कर्मचारीलाई बुझाउनुपर्ने भयो । स्रोतका अनुसार एक युवाले अध्यागमनमा मात्रै ९५ हजारा घुस भिजिट भिसामा जानका लागि बुझाउनुपर्ने भयो ।
डलर अध्यागमनदेखि विमानको ढोकासम्म बोक्न दिने र विमानभित्र पसिसकेपछि दलालले फिर्ता गर्नेगरी तारतम्य मिलाएर भिजिट भिसामा कामदार दुबई पठाउने क्रम रोकिएन । घुसको भाउमात्र बढ्यो । जबकि अंग्रेजी जानेको, एसएलसी पास गरेको र १ हजार डलर साथमा बोकेको हुनुपर्ने प्रावधान नल्याएसम्म युवाहरु ६५ हजार घुसमा दुवईमा रोजगारीका लागि भिजिट भिसा देखाएर जाने गरेका थिए ।
प्रशासनमा पनि सेटिङ
अध्यागमनका कर्मचारीमात्र होइन, भिजिट भिसामा बैदेशिक रोजगारीमा दुवईमा युवाहरुलाई पठाउने कार्यमा विमानस्थल प्रहरीको समेत सेटिङ भएको छ । घुम्न जाने र बैदेशिक रोजगारीमा जानेहरु प्रहरीले सहजै पहिचान गरी विमानस्थलको प्रस्थान( डिपार्चर)बाटैछिर्न दिंदैन । प्रहरीले सेटिङ नमिलेसम्म छिर्न दिएको पनि थिएन । तर सेटिङ मिलिसकेपछि पछिल्ला दिनमा खुरुखुरु भिजिट भिसामा नेपाली युवाहरु बैदेशिक रोजगारीमा जान प्रहरीले छुट दिएको छ । नेपाली युवासँग प्रतिब्यक्ति २ लाख लिने र अध्यागमन र प्रहरी मिलाउन ९५ हजार खर्च गरी १ लाख ५ हजार म्यानपावर र दलालले लिने गरेका छन् । विमानस्थल प्रहरीका प्रमुख एसएसपी राजेशनाथ बाँस्तोलालाई सेटिङको भाग पुगेपछि अहिले बैदेशिक रोजगारीमा जान लागेको थाहा भए पनि रोकिंदैन ।
भिजिट भिसामा जानेहरु असुरक्षित
फेसबुकबाट तपाईको प्रतिक्रिया !